अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीतामा दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन
मंसिर २१ शनिवार, २०७६
खोटाङ, । खोटाङमा आयोजित तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलले जितेको छ । शनिवार माटिकोरे खेलमैदानमा भएको फाईनल खेलमा सरस्वती नमूना माबि दिक्तेललाई १ का विरुद्ध ४ गोल गर्दै दिक्तेल इंलिस बोर्डिङ स्कुलले उपाधि उचालेको हो ।
प्रतियोगीतामा दिक्तेल इंलिस बोर्डिङ स्कुलका रविन राई एक्लैले ३ गोल गरे । यस्तै, निसान खत्रीले पनि दिक्तेल इंलिस बोर्डिङ स्कुलका लागि १ गोल थपेका थिए । सरस्वती नमूना माबिकातर्फबाट शान्तीराम राईले १ गोल मात्र फर्काएको प्रतियोगीताका आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)का खेल संयोजक श्याम पौडेलले बताए । गत बुधबारदेखि सुरु प्रतियोगीताका विजेता र उपविजेतालाई क्रमशः २५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
प्रतियागीतामा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलका रविन राई, उत्कृष्ट गोल रक्षकको उपाधि निशान बिक, बेष्ट डिफेन्डरको उपाधि लक्ष्मण राई, नवोदित खेलाडीको उपाधि निसान खत्री र बेष्ट मिडफिल्डरको उपाधि सरस्वती नमूना माबिका नविन दाहाललाई प्रदान गरिएको छ । विजयी टिम तथा खेलाडीलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई, सरस्वती नमूना माबिका प्रअ ध्यानबहादुर राई, व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद आचार्य लगायतले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगीतामा जिल्लाका १६ माविले प्रतिष्पर्धा गरेको थियो ।
फुटबल खेलमा सम्भाबना बोकेका प्रतिभाको पहिचान गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यकासाथ लगातार तेश्रो वर्ष अन्तर माबि स्तरिय केएफए छात्र फुटबल प्रतियोगीता आयोजना गरिएको खोटाङ फुटबल एकेडेमी (केएफए)का अध्यक्ष नूरकाजी सैंजूले बताए ।
उत्कृष्ट खेलाडीलाई अध्ययनको अवशर
दिक्तेलमा आयोजित अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताका उत्कृष्ट ५ जना खेलाडीलाई प्रिमियर कलेज, ४ जनालाई ग्रामर कलेजले, २ जनालाई व्रिजवाटर इन्टरनेशनल कलेज काठ्माण्डौंले कक्षा ११ र १२ अध्ययनका लागि निःशुल्क छात्रबृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।
यस्तै, दिक्तेल इंलिस बोर्डिङ स्कुलले १ जना, माउण्ट एभेरेष्ट बोर्डिङ स्कुलले २ जना र सरस्वती नमुना मावि दिक्तेलले पनि ५ जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने प्रतियोगीताका आयोजक खोटाङ फुटबल एकेडेमीले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्नका लागि खेलाडीले एसइईमा कम्तीमा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने जनाइएको छ ।
यस बाहेक उत्कृष्ट ११ खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)को उमेर समुह राष्ट्रिय खेलाडी छनौट प्रतियोगीतामा सहभागीताको अवशर पाउने खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेष श्रेष्ठले बताए । छात्रवृत्ति लगायतका अवशर पाउने विद्यार्थीको टुंगो केही समयपछि लगाइने आयोजकले जनाएको छ ।
एकेडेमीले विद्यार्थी खेलाडीको मानसिक, वौद्धिक तथा शारिरिक विकासका लागि खेलकुदका गतिविधि सञ्चालन गर्दैआएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



