दिक्तेलमा नगरपालिका स्तरीय मेयरकप व्याडमिन्टन प्रतियोगिता सुरु

पुस १ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलमा प्रदेश नं. १ नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । १ नम्बर प्रदेशभित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै नगरपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु भएको हो ।

दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्ड हलमा मंगलबार नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेवी राईले पानसमा बत्ती बालेर व्याडमिन्टन प्रतियोगीता उद्घाटन गरेका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा ३४ टिमले सहभागिता जनाएका छन् ।

 

प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगीतामा खोटाङसहित उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङलगायतका १० जिल्लाका विभिन्न नगरपालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतियोगीतामा प्रथम स्थान प्राप्त टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमले ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१ र ४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले जिल्ला व्याडमिन्टन संघसँगको सहकार्यमा नकआउट व्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको हो ।