प्रदेश स्तरीय मेयरकप व्याडमिन्टनमा आयोजकलाई प्रथम उपाधि
पुस ३ बिहिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलमा आयोजित नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीताको प्रथम उपाधि आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जितेको छ । बिहिबार भएको फाईनल खेलमा त्रियुगा नगरपालिका उदयपुरलाई पछि पार्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम उपाधि जितेको हो । हारसँगै त्रियुगा नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका सेमीफाइनलिष्ट बनेको आयोजकले जनाएको छ ।
दिक्तेलको माटिकोरेमा ९ वर्ष लगाएर निर्माण गरिएको कबर्डहल उद्घाटनको अवशरमा आयोजित नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीताका प्रथम स्थान प्राप्त गर्ने टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमलाई ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१/४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, प्रतियोगीताको उत्कृष्ट टिमको उपाधि प्राप्त सोलुखुम्बुको दुधकुण्ड नगरपालिकालाई नगद १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजेता टिमलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । फरक क्षमताका भए पनि व्याडमिन्टन प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गरेकामा पथरी शनिश्चरे नगरपालिकाका हेमबहादुर गुरुङलाई पनि १० हजार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
प्रदेश नम्बर १ भित्रका खेलाडीलाई जमघट गराएर धार्मिक तथा पर्यटकीयस्थलको बारेमा जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ नगरपालिकाले मंगलबारदेखि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता सुरु गरेको थियो । प्रदेशका नगरपालिकालाई मात्र सहभागी गराइएको प्रतियोगीतामा खोटाङ सहित उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ लगायतका १० जिल्लाका विभिन्न नगरपालिकाका ३४ टिमले प्रतिष्पर्धा गरेको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका नगरपालिकाको भने सहभागीता नरहेको जनाइएको छ । नगरपालिकाले व्याडमिन्टन संघसँगको सहकार्यमा प्रतियोगीता सञ्चालन गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



