‘अहिले हलेसीमा लगानी गर्नुस्, भोली हलेसीले मुलुकलाई लगानी गर्छ’

पुस ४ शुक्रवार, २०७६
खोटाङ । खोटाङका प्रदेश सांसद राजन राईले त्रिधार्मिकस्थल हलेसीको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईलाई आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गरेको सन्दर्भमा प्रदेशसभा सांसद राईले खुलापत्र लेख्दै हलेसीको पर्यटन प्रवद्र्धनामा मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका हुन् । हलेसीमा अहिले गरेको लगानीले भोलीका दिनमा हलेसीले देशकै लागि लगानी लिन सक्ने सम्भावना रहेको प्रदेश सांसद राईले उल्लेख गरेका छन् ।

केही वर्षअघि भएको निर्वाचनमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई धार्मिक गन्तव्य बनाउने भनेर गरेको बचनलाई अहिले पूरा गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण गराइएको छ । ‘हिजो साझा घोषणापत्र बनाएर चुनाव लडेका थियौँ जसमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने बचन जनतालाई दिएका थियौँ,’ सांसद राईले लेखेका छन्, ‘हलेसी बाहेक जनकपुर, पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथको विकास तुलनात्मक रुपमा उन्नत छ । पार्टीको घोषणापत्रका आधारमा हामीले जनतासँग मत मागेका छौँ । विकासको प्रतिबद्धता जाहेर गरेका छौँ । जनतासँग हामीले गरेका प्रतिबद्धताको मान राखिदिन हार्दिक अनुरोध छ ।’

नेपालको आर्थिक उन्नतिको आधार पर्यटन, जलस्रोत र कृषि मानिएको अवस्थामा हलेसी क्षेत्रमा पर्यटन, जलस्रोत र कृषि मात्र नभएर असाधारण परिमाणमा प्राकृतिक खानीको समेत सम्भावना रहेकाले हलेसीले देशकै आर्थिक केन्द्रका रुपमा विकास गर्न सकिने प्रदेश सांसद राईले दावी गरेका छन् । हिन्दु देवता महादेव र भस्मासुरबीचको द्धन्द्धको रोचक किंवदन्ती रहेको, बौद्धधर्मलाई चिन तथा तिव्वतमा प्रचार–प्रसार गरेका तपस्वी पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, नजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ–जायजुम रहेको आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ ।

रावाबेँसी गाउँपालिकामा निर्माण भइरहेको राष्ट्रकै गौरवको आयोजना ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस हलेसी नजिकै बनिरहेकोको र सो विद्युत भारत, चीन र बंगलादेशलाई विक्री गरेर बिदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको, हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा औषधिय गुण भएको दलहन ‘गहत’ फल्ने भएकाले व्यवसायीक रुपमा ‘गहत’को खेती लगाएर स्थानीय नागरिकको मात्र नभएर मुलुककै अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना रहेकोतर्फ मन्त्री भट्टराईको ध्यानाकर्षण गराइएको छ ।

धार्मिक सहिष्णुताको तपोभूमी भएपनि हलेसीमा प्राकृतिक रुपमा निर्मित असाधारण भौतिक संरचना भूगर्भअध्येताका लागि अध्ययनको केन्द्र समेत हुनसक्ने राईले औंल्याएका छन् । सुरुमा १ नम्बर प्रदेश सरकारको मातहत रहेको हलेसीलाई केही समयपछि संघीय सरकारको मातहतमा राखिएको छ ।

सांसद राईको खुलापत्रको पूर्ण अंश :

माननीय मन्त्री योगेश भट्टराई ज्यु,
तपाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत मन्त्री पद्को जिम्मेवारी लिए पछि एक/ दुई पल्ट भेट्न मन लागेको थियो,तर सोचें तपाईको उर्जाशिल समय हामीले सामान्य भेटघाटहरुमा अल्मलाई दिनु हुदैन, ताकी तपाईको उन्नत र सकारात्मक उर्जाहरु मुलुकको उन्नयनमा लगानी गर्न सक्नुहोस, लगानी हुन सकोस। यधपि भेटघाटको उदेश्य मेरो निजी उपलब्धिका लागि भने थिएन १
कमरेड, नेपालको आर्थिक उन्नतिका मुख्य रुपमा तीन वटा बाटाहरु भएको बस्तुगत सच्याई सामान्यतया सबै सचेत नेपालीहरु लाई थाहा छ ।ति सुखद सच्याई तपाईं लगायत नेताहरुले हामीलाई पनी सिकाउनु भएको छ र हामीले पनि जनतालाई बुझाउन कोसिस गरेका छौ। ती बाटाहरु भनेको पर्यटन, जलस्रोत र कृषि हो।सुखद आश्चर्य( हलेसीमा यी तीन वटा मात्र होईन प्राकृतिक खानीको संभावना समेत असाधारण परिमाणमा रहेको कुरा संघीय सरकारको खानी तथा भुगर्भ बिभागले अनौपचारिक रुपमा सार्बजनिक गरेको छ।

क) रावाबेशी अबस्थित दुधकोशीमा निर्माण हुन गैरहेको नेपाल कै ठूलो जलासययुक्त जलविद्युत आयोजना हलेसीको धितुङमा पावरहाउस बन्ने भएको छ। ६३५ मेघावाट छमता आयोजना नेपालकै एक ठुलो जलविद्युत आयोजना हो, जस्ले हाम्रो देशलाई मात्र होईन( हाम्रा छिमेकी मित्र रास्टहरु भारत चीन र बंगलादेशलाई पनि उज्यालो दिन्छ र हामीले ती मुलुकहरूबाट बिदेशी मुद्रा कमाउछौं।

ख) हलेसी तुवाचुङ नगरपालिका भित्र अबस्थित ११ वटा वडाहरुको अधिकाशं स्थानहरुमा चिकित्सा बिज्ञान९ मुलत आयुर्वेद ० ले अमृत भनेको गहत नामको दलहन भरपुर फल्ने गर्दछ। यातायातको सुगम पहुँच नभएको बिगत समयहरुमा प्राय खानाको रुपमा प्रयोग हुने यो बालीलाई ठूलो परिमाणमा उत्पादन गरि बिक्री गर्दा यहाँका जनताको जिवनमा मात्र होईन समग्र मुलुकलाई निक्कै योग्दान दिन सक्छ।
३० हलेसी मुख्य रुपमा त्रिधार्मिक तपोभुमी हो, असाधारण प्राकृतिक रुपमा निर्मित यहाँको भौतिक अवस्था भुगर्भ अध्येताहरुका लागि अध्यनको केन्द्र हुन सक्छ।मुलत यहाँको मुख्य आकर्षक आधत्मिक र सांस्कृतिक नै हुन ।

बिश्वका हिन्दु धर्मावलम्बीले बिस्वास गरेको देवताहरुको देब महादेव र असुरहरुका नायक भस्माशुर बिच भएको द्वन्दको रोचक किम्बदन्ती, बुद्ध धर्मलाई चिन र तिब्बत भरी प्रचार गर्ने तपस्वी पद्मसंभबको ध्यान पश्चात् उनले त्यहीँ प्राप्त गरेको बुद्धत्व प्रति बिश्वास,,१ त्यसै गरि नजिकै किराँत सभ्यताको उद्गम थलोको रुपमा बिस्वास गरिएको तायाचुङ (जायजुङ,,१ यी तिन भिन्न धर्म र संस्कृतिहरु प्रती बिश्वास गर्ने जनताको अभिन्न एकता त्यहाँको अनुकरणीय विशेषता हो। माननीय मन्त्री ज्यु, मुलत मैले यो खुल्ला पत्र मार्फत तेस्रो आर्थात आध्यात्मिक अथवा सास्कृतिक कोणबाट हलेसीको सन्दर्भमा तपाईको गम्भीर ध्यान आकृष्ट गर्न खोजेको हु।

तपाई यो मुलुकको संबधित मन्त्रालयको मन्त्री मात्र होईन नेपाल कम्युनिस्ट पार्टी९ नेकपा० स्थाई कमिटीको नेता पनि हुनुहुन्छ। अझ हिजो तात्कालिक नेकपा९ एमाले०को केन्द्रिय सचिब हुनुहुन्थ्यो। हिजो दुई पार्टीको तर्फबाट मोर्चा बनाई निर्वाचनमा जाँदा साझा घोषणापत्र बनाएर हामीले चुनाब लडेका थियौं जस्को उन्नाईस न पेजमा लुम्बिनी,पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई धार्मिक पर्यटकिय गन्तव्य बनाईने बचन जनतालाई हामीले दिएका छौं। म अनुमान गर्छु त्यो घोषणापत्रमा पक्कै पनि तपाईले लेखेका अक्षरहरु पनि हुनु पर्छ।तपाईका सहयोद्धा स्व रबिन्द्र अधिकारी मन्त्री हुनुभएको सुरुको अबधिमा हलेसी संघीय सरकारको नभएर १ नं प्रदेश सरकारको मातहत थियो । म सहित पार्टीका कमरेडहरु को केही चरणका प्रयत्न पश्चात् हलेसी पुन संघिय सरकारको मातहत स्व अधिकारीले राख्नु भएको हो।

प्रदेशको सांसद, आफनै प्रदेश सरकार मातहत आएको महत्त्वपूर्ण जिम्मेवारी पुन संघमा फिर्ता गराउने पहलकदमी आफैमा उदेक लाग्दो घटना थियो। हामीले त्यो प्रयत्न गरिरहेको अबस्थामा म माथि दर्जनौं त्यस्ता प्रश्नहरुको बर्षा भएको थियो। तर प्रदेश सरकारको आर्थिक सामर्थ्यले हलेसीको संभावना थेग्न सक्दैन भन्ने बस्तुगत सच्याई प्रती म बिस्वस्त थिए।मन्त्री ज्यु, हलेसी बाहेक जनकपुर, पशुपति, लुम्बिनी, मुक्तिनाथ आध्यात्मिक ठाँउहरुको बिकास तुलनात्मक रुपमा उन्नत छ। नेपाल कम्युनिस्ट पार्टीको घोषणा पत्रका आधारमा हामीले जनता सङ मत मागेका छौं , बिकाशको प्रतिबद्धता जाहेर गरेका छौं।जनता सङ हाम्रो प्रतिबद्धताको मान राखिदिन हार्दिक अनुरोध छ।

हार्दिक अभिबादन सहित
राजन राई