धुलोरहित खेलमैदान निर्माणका लागि ९ लाख ४८ हजार प्रदान
पुस ७ सोमवार, २०७६
खोटाङ । सरस्वती माविमा अध्ययन गरेर हाल बेलायतमा रहेका भूपु विद्यार्थीले धुलोरहित खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । बेलायती सेनामा कार्यरत एबं अवकाश प्राप्त पुर्वविद्यार्थीले सरस्वती माबिको धुलोरहित एसेम्बली मैदान बनाउन ९ लाख ४८ हजार ३२२ रुपैयाँ प्रदान गरेका हुन् ।
सहयोग रकमको चेक सोमबार ‘धुलोरहित एसेम्बली मैदान निर्माणार्थ समिति’का सदस्य सचिव जगतराम राईले प्रधानाध्यापक ध्यानबहादुर राईलाई हस्तान्तरण गरेका छन् ।
विद्यालयको धुलो प्राङगणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दा र विद्यार्थी खेल्दा उँडेर विद्यार्थी र शिक्षकको स्वास्थ्यमा अशर परेको भन्दै धुलोरहित खेलमैदान बनाउन विद्यालयले गरेको आग्रह अनुशार भुपु विद्यार्थीले सहयोग प्रदान गरेका हुन् । भूपु विद्यार्थीको अनलाईन बैठकबाट पाँच महिनामा ४२ जनाबाट धुलोरहित मैदान बनाउन रकम जुटाइएको सदस्य सचिव राईले बताए ।
भूपु विद्यार्थीबाट प्राप्त भएको रकमले विद्यालयको मैदानमा ब्लग बिछ्याइने छ । एसेम्बली मैदानमा ब्लग विछ्याउने र छेउछेउमा आर्कषक बगैचाहरु निर्माण गरिने प्रअ राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



