देविस्थान प्रहरी चौकी उद्घाटन

पुस ८ मंगलवार, २०७६
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानस्थित प्रहरीचौकी देविस्थानको नयाँ भवन निर्माण गरिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरण कोषको १ करोड ७८ लाख १५ हजारको लागतमा प्रहरीचौकीको साँढे दुई तले पक्की भवन निर्माण गरिएको हो । भूकम्पले भवन भत्किएपछि प्रहरीहरु अस्थायी भवनबाट सेवा दिदैं आएका थिए ।

कार्यालय, व्यारेक, मेस तथा शौचालय सहितको प्रहरीचौकीको भवन १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरे । पक्की भवन निर्माण भएपछि प्रहरीको दैनिक कामकाज सञ्चालन गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।