खोटाङमा बाघले दुई दिनमा १६ बाख्रा मा¥यो

पुस ९ बुधवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाघले दुई दिनमा १६ वटा बाख्रा मारेको छ । च्यास्मीटार बखापुका कर्मजित राईको जंगलमा चरणमा छाडेको बाख्रा बाघले खाईदिएको हो । स्थानीय हर्दीखोप जंगलमा चरणमा छाडेको ६ वटा खसी, २ वटा बोका, ४ वटा व्याउने बाख्रा लगायतका खसी बाख्रा बाघले मारिदिएको स्थानीय शिक्षक योगेन्द्र राईले बताए ।

१६ वटामध्ये अझै चार वटा बाख्रा हराईरहेका छन् । बाख्रा हराएपछि खोजी गर्दा बाघले मारेर आधा–आधा मासु खाएको अवस्थामा फेला परेको शिक्षक राईले बताए । दुई महिनाअघि पनि सोही स्थानका बालकृष्ण राउतको बाख्रा बाघले खाइदिएको थियो ।