कृषकलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहित गर्न दुई दिने कृषि मेला प्रदर्शनी
पुस ९ बुधवार, २०७६
खोटाङ । खोटाङको साकेला गाउँपालिकामा दुई दिने कृषि मेला प्रदर्शनी शुरू भएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा दुई दिने कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभञ्ज्याङमा सञ्चालन गरिएको ‘प्रथम कृषि मेला प्रदर्शनी’मा विभिन्न प्रकारका ११ वटा स्टल राखिएको छ । माछा, महुरी, तरकारीबाली समूह, खाद्यान्नबाली समूह, नगदेबाली समूह, फलफूलबाली समूह, पञ्छीजन्य समूह, जरेबाली समूह, पशुबाली समूह र विविध बाली समूहको छुट्टाछुट्टै स्टल राखिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले जानकारी दिए ।
कृषि मेला प्रदर्शनीमा गाउँपालिकाभरका १११ जना कृषकले आ–आफ्नो कृषि उपज दर्ता गराएको आयोजकले जनाएको छ । समूहगत रुपमा पौरखी कृषक समूह, डाँडाखर्क बहुउद्देश्यीय सरकारी संस्था, ट्याम्के कृषि सहकारी संस्था, हलेसी फुड भेराइटीज् एण्ड प्रोडक्शन सेन्टर, साकेला नेपाली कागज उद्योग र सरस्वती मावि बाली विज्ञान समूह अध्ययन गर्ने विद्यार्थीले समेत छुट्टाछुट्टै स्टल राखेका छन् ।
कृषि मेला प्रदर्शनी समापनको अवसरमा पाँच उत्कृष्ठ कृषकलाई नगद सहित पुरस्कार, बाली समूह अन्तरगत फरक–फरक कृषकलाई नगद सहित सम्मान र सहभागी सबै कृषकलाई नगदसहित प्रशंसापत्रको साथमा सम्मान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको लगानीमा पहिलो पटक आयोजना गरिएको कृषि मेला प्रदर्शनी अवलोकन गर्नेको भीड लागेको छ ।
कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न गाउँपालिकाको लगानीमा पहिलो पटक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । कृषि पेशाप्रति पछिल्लो समय युवा पुस्तामा वितृष्णा छाउँदै गएकोले आगामी दिनमा उनीहरुलाई कृषि पेशाप्रति प्रोत्साहन गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न कृषि मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खड्काको भनाइछ ।
अन्नबाली थन्क्याइ सकिएको र नयाँ बाली लगाउने समय शुरु नभएको सिजनमा मेलाको आयोजना गरिएकाले सहभागीको संख्या उल्लेख्य रहेको पाइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



