दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम रोकियो
पुस १२ शनिवार, २०७६
खोटाङ । गुणस्तरहिन काम भएपछि खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम रोकिएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.७९ किलोमिटर) खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहिन भएको पाइएपछि कालोपत्रेको काम रोकिएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।
कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी याक्तुहाङ साप सिरुवा जेभीलाई गुणस्तरहिन काम रोक्नका लागि पुस ३ गते मौखिक रुपमा जानकारी गराइएकोमा पुस ९ गते लिखित रुपमा पत्राचार गरेर काम रोक्न लगाइएको हो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको पाइएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार (भ्याट सहित) खर्चमा पुरा गर्नेगरी दिक्तेल–आहाले सडक कालोपत्रे सुरु गरिएको थियो । २०७५ साल मंसिर १ गते प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले शिलान्यास गरेको सडकको काम गत असारसम्ममा करिब २५ प्रतिशत मात्र प्रगति देखिएको कार्यालयले जनाएको छ ।
दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम १८ महिनाभित्र पूरा गर्नेगरी याक्तुहाङ साप सिरुवा जेभीले २०७५ साल असोज १ गते सम्झौता गरेको थियो । सुरुका दिनमा सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढाइएको भएपनि पछिल्लो समय निर्माणको काममा ढिलासुस्ती देखिएको प्रमुख उपाध्ययले बताए ।
सम्झौता अनुशार आगामी २०७६ साल चैत ७ गतेसम्ममा सडक कालोपत्रेको काम पुरा गर्नुपर्ने छ । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई दिक्तेलमा बोलाएर गत कात्तिक ५ गते आयोजना गरिएको बैठकमा चौंलागाईले मंसिरसम्ममा प्रगति देखाउने प्रतिवद्धता गरेर फर्किए पनि प्रतिवद्धता अनुशारको काम भएको छैन । चौंलागाईले प्रतिवद्धता गरेर फर्किए पनि केही ‘मेटेरियल’ ल्याउने बाहेकका काम नभएको बताइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



