स्थानीय वस्तु तथा सेवाको पहिचानका लागि राय संकलन
पुस १३ आइतवार, २०७६
खोटाङ । विश्व व्यापार संगठनको स्थानीयकरण एबं स्थानीय उत्पादनको सम्भावना भएका वस्तु तथा सेवाको पहिचानका विषयमा खोटाङका उद्योगी तथा व्यवसायीबाट राय संकलन गरिएको छ । जिल्लामा उत्पादन हुने र सम्भावना भएका वस्तु तथा सेवाको पहिचान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आईतबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रम गरेर उद्योगी, व्यवसायी तथा सरकारी निकाय लगायतबाट सुझाव सल्लाह लिएको हो । जिल्लामा उत्पादित वस्तु तथा सेवालाई पहिचान गर्दै विश्व बजारमा पु¥याउने वातावरण निर्माणका लागि उद्योगी, व्यवसायी लगायतबाट सुझाव संकलन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले बताए ।
उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीले जिल्लामा अलैंची, किवी, चिया, कफी, सिस्नोको पाउडर, इस्कुस, बेसार, अल्लो, लोक्ता, धसिंग्रे, उनजन्य सामान, मकैको च्याँख्ला, बाँसमा आधारित लगायतका उद्योगको सम्भावना औंल्याएका छन् । भेनियर उद्योगका सञ्चालक मनोज राईले जिल्लामा प्लाईउडको सम्भावना भए पनि कानुनी जटिलताले हैरानी खेप्नु परेको बताए ।
‘जिल्लामा प्रशस्त मात्रामा उत्तिस पाइने भएकाले प्लाइउडको राम्रो सम्भावना छ,’ राईले भने, ‘तर, कानूनी जटिलताले उद्योगसम्म काठ ल्याउन सहज छैन । उत्पादित सामान निर्यात गर्नेक्रममा पनि विभिन्न स्थानीय तहमा कर बुझाउनुपर्ने वाध्यता छ ।’ मिनरल वाटर उद्योगका सञ्चालक फुर्वा शेर्पाले जिल्लामा किवी, चिया र सिस्नुको पाउडर उत्पादनको सम्भावना रहेको उल्लेख गरे । ‘किवी र चियाका लागि हाम्रो जिल्ला उपयुक्त छ । यस्ता उत्पादनलाई विश्वबजारसम्म पु¥याउन सकिन्छ,’ शेर्पाले भने, ‘तर विचौलिया, नक्कली कृषक र नक्कली उद्यमी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
यस्तै, युवा कृषक गंगाबहादुर विश्वकर्माले जिल्लामा इस्कुस, अदुवा र बेसारको राम्रो सम्भावना रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्याय, डिभिजन वन कार्यालयका प्रमुख अम्विकाप्रसाद पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का प्रमुख ध्रुबकुमार कार्की, घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख भेषराज खत्री लगायतले खोटाङमा वन, कृषि, पर्यटन लगायतका उद्योगको प्रोडक्टलाई बिश्व बजारमा पु¥याउन सकिने सम्भावना बारे औंल्याएका छन् ।
खोटाङबाट विश्वबजारमा पु¥याउन सकिने सम्भावना भएका वस्तु तथा सेवाको पहिचान गर्दै बजारीकरणका कठिनाई हल गर्ने उपायको खोजीमा वाणिज्यका क्षेत्रमा संलग्न पक्षसँग अन्तरक्रिया गरिएको खोटाङ उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



