प्रथम शुक्र स्मृति भलिबल प्रतियोगीतामा आयोजक च्याम्पीयन
पुस १३ आइतवार, २०७६
खोटाङ ।खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा आयोजित प्रथम शुक्र स्मृति वडा स्तरीय भलिबल प्रतियोगीताको उपाधि आयोजकले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ त्रियुगा नगरपालिका–१५ उदयपुरलाई पराजित गर्दै आयोजक बराहपोखरी गाउँपालिका–२ सुन्तले ‘ए’ ले प्रथम उपाधि उचालेको हो । पराजयसँगै त्रियुगा नगरपालिका–१५ उदयपुरले दोश्रो स्थानमा चित्त बुझाएको छ । बुधबारदेखि जारी प्रतियोगीतामा बराहपोखरी गाउँपालिका–४ फाक्टाङ ‘ए’ ले तेश्रो स्थान प्राप्त गरेको छ ।
पुरुषतर्फका विजेता टिमले ३० हजार, उपविजेता टिमले २० हजार र तेश्रो स्थान प्राप्त टिमले १० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ज्वरोका कारण २०७५ साल पुस २४ गते ज्यान गुमाएका भलिबल खेलाडी शुक्र राना मगरको स्मृतिमा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगीताको आयोजना गरिएको स्थानीय केदार आलेमगरले बताए ।
महिला भलिबल प्रतियोगीतामा पनि आयोजक बराहपोखरी गाउँपालिका–२ सुन्तले ‘ए’ले नै प्रथम उपाधि जितेको छ । प्रतियोगीतामा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर दोश्रो र बराहपोखरी गाउँपालिका–४ फाक्टाङले तेश्रो स्थान प्राप्त गरेको छ । विजेता टिमलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा र उपाध्यक्ष गोमा मगरले पुरस्कार हस्तान्तरण गरेका छन् ।
कुशल खेलाडीकारुपमा परिचित शुक्र राना मगरको बैदेसिक रोजगारीका सिलसिलामा विदेशबाट आएको केही समयपछि ज्वरोका कारण घरैमा निधन भएको थियो । उनको स्मृतिमा भलिबल बाहेक लोकदोहोरी प्रतियोगीताको आयोजना गरिएको छ ।
लोकदोहोरीमा बराहपोखरी गाउँपालिका–४ फाक्टाङ ‘ए’ प्रथम, आयोजक बराहपोखरी गाउँपालिका–२ सुन्तले ‘ए’ दोश्रो र आयोजक बराहपोखरी गाउँपालिका–२ सुन्तले ‘सि’ले तेश्रो स्थान प्राप्त गरेका छन् । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



