दलितवस्तीमा कुटानपिसान मिल
पुस १३ आइतवार, २०७६
खोटाङ । विद्युत विस्तार भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका दलितवस्तीमा कुटानपिसान मिल सञ्चालनमा ल्याइएको छ । विद्युत विस्तारका कारण विद्युतीय उपकरण सञ्चालन गर्ने वातावरण बनेसँगै मंगलटारका दलित बस्तीमा कुटानपिसान मिल सञ्चालनमा ल्याइएको हो ।
वडा कार्यालयको बजेटबाट मंगलटारको दलित समुदायको बाहुल्यता रहेको बरबोट र गैरीगाउँमा कुटानपिसान मिल जडान गरिएको वडाध्यक्ष रमेश राउतले बताए ।
यस्तै, नगरपालिकाको महिला कृषक समुहको बजेटबाट दुधकोसी किनारमा रहेको छतिवनमा एक वटा कुटानपिसान मिल सञ्चालनमा ल्याइएको छ । ढुवानी सहित ४७ हजारको खर्चमा दलितवस्तीमा कुटानपिसान मिल जडान गरिएको वडाध्यक्ष राउतले बताए ।
गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगतको विद्युत विस्तार गरेपछि २०७५ साल जेठमा मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको थियो । विद्युत विस्तार भएका कारण अन्य ठाउँमा पनि मिल जडान गरिने वडा कार्यालयले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



