दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर विकास योजना सार्वजनिक
प्रकाशित मिति : मंगलवार २ असोज, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर विकास योजना सार्वजनिक गरिएको छ । मंगलबार आयोजित सुशासनका लागि मिट द प्रेस कार्यक्रमको अवशरमा मेयर दिपनारायण रिजाल, उपमेर विणादेवी राई लगायतले आर्थिक वर्ष २०७५/०७६ को नगर विकास योजना सार्वजनिक गरेका हुन् ।
नगर विकास योजनामा नगरपालिकाको समग्र परिचयदेखि आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा कार्यक्रम, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बनेको विद्येयक, विनियोजन विद्येयक, नगरसभा आयोजना तथा योजना तर्जुमा प्रकृयाको कार्यतालिका, आयव्याय विवरण लगायतवका बिषयवस्तु समेटिएको छ ।
कार्यक्रममा मेयर रिजालले अस्पतालचोक–खानीडाँडा सडक कालोपत्रेका लागि सोमवार सम्झौता भएको, नगरपालिकाका १८ माविमा इलेक्ट्रोनिक्स हाजिरी कार्यान्वयन, दिक्तेल वजारमा स्वच्छ पानी वितरणका लागि योजनाको काम अघि बढेको लगायतका प्रगतिका विषयमा जानकारी गराएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



