अग्नि पीडित राईलाई गाउँपालिकाको सहयोग

पुस २० आइतवार, २०७६
खोटाङ । आगलागी पीडितलाई दिप्रुङ चुइचुम्मा गाँउपालिकाले आर्थिक सहयोग गरेकोे छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका आगलागी पीडित दानबहादुर राईको परिवारलाई  गाउँपालिकाले आईतबार २५ हजार आर्थिक सहयोग गरेको हो ।

अग्नि पीडितलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राईमार्फत राहत रकम प्रदान गरिएकोे आईटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । चिसो मौसमका कारण पीडितलाई थप समस्या हुन नदिन घटना भएकै दिन घटनास्थलमै गएर गाउँपालिकाले तत्काल राहत उपलव्ध गराएको हो ।

अग्नि पीडित राईको ढुङगा, माटो र फुसको छानो भएकोे घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर करिव पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आईतबार विहान लागेको आगलागीको कारण भने खुलेको छैन ।