धितुङलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा

प्रकाशित मिति : मंगलवार २ असोज, २०७५

हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ८ धितुङ पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएको छ । वडामा का ५ सय १२ घरधुरीले नेपाल सरकारले निर्धारण गरेको सूचकहरु पुरा गरेपछि मंगलवार वडालाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले संयुक्त रुपमा पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरेका हुन ।


सुरक्षित चर्पीको प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई र वातावरणीय सरसफाई गरी ६ वटा सूचाङकहरु पुरा भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको सवल सहजकर्ता अगिन्द्र कुमार राईले बताए ।


पूर्ण सरसफाई उन्मुख गाँउ शहर अव कसैलाई छैन रोगको डर भन्ने मूल नारा सवल परियोजना/ नवकिरण सेवा समाज नेपालको प्राविधिक सहयोग र वडा कार्यालयको आयोजनामा उक्त वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

वडा कार्यालयले पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नका लागि महत्व भूमिका निर्वाह गर्ने नवकिरण सेवा समाज नेपाल दुर्छिम, बुलापन्थे माध्यमिक विद्यालय, सूर्यज्योति आधारभूत विद्यालय र स्वंयम सेविकाहरुलाई कदर पत्रका साथ दोसोल्ला ओडाएर सम्मान गरेको छ ।