च्याम्पियन्स लिगमा पछारियो पिएसजी
काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पेरिस सेन्ट जर्मेन पिएसजीलाई ३–२ ले पराजित गरेको छ । खेलको अधिकांश समय पछि परेको पिएसजीका लागि विश्वकप विजेता फ्रेन्च टोलीका नायक किलियन एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी गोल गरेपनि ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा लिभरपुललाई विजयी गोल दिलाए।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुआती दुई गोल गर्यो। खेलको ३० औं मिनेटमा लिभरपुलका फरवार्ड ड्यानिएल स्टरेजले हेड मार्फत गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
खेलको ३६ औं मिनेटमा पेनाल्टीबाट पाएको अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुललाई दोस्रो गोल दिलाए। खेलको ४० औं मिनेटमा बक्सबाट उत्कृष्ट गोल गर्दै थोमस म्युनररले पिएसजीलाई पहिलो हाफमै खेलमा फर्काए।
दोस्रो हाफमा लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेपनि उनको गोललाई रेफ्रीले अस्विकार गरे। पिएसजीको बक्समा बल जित्ने क्रममा स्टुरेजले गोलकिपर अल्फोन्से अरिओलालाई फाउल गरेकाले उक्त गोललाई मान्यता दिईएन।
दोस्रो हाफमा फितलो प्रदर्शन गरेपनि पिएसजीलाई एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी दिलाए। खेलको ८६ औं मिनेटमा लिभरपुलले करिब २२ यार्डबाट फ्रिकिक मार्फत गोल गरे अवसर पाएपनि एलेक्सजान्डर आर्नोल्डको प्रहार बारमा लागेर बाहिरियो।
फर्मिनोले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई जित दिलाए। पिएजीको हारमा ब्राजिलियन स्टार नेयमार पनि दोषी रहे । उनी खेलमा बेपत्ता जस्तै देखिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



