छात्र/छात्राले गरे विज्ञान प्रदर्शनी
दिनराज कार्की
पुस २७ आइतवार
खोटाङ । खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलका छात्र/छात्राले विज्ञान प्रदर्शनीको आयोजना गरेका छन् । वार्षिक कार्यक्रम अन्तरगत अन्तरगत बोर्डिङ स्कुलका कक्षा ४ देखि कक्षा १० मा अध्ययनरत छात्र/छात्राको शुक्रबार विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । विज्ञान पुस्तकमा अध्ययन गरेका सैद्धान्तिक सिकाईलाई व्यवहारमा उतारेर देखाउनका लागि एक दिने प्रयोगात्मक विज्ञान प्रदर्शनी आयोजना गरिएको दिक्तेल इंलिस बोर्डिङ स्कुलका विज्ञान शिक्षक निरजकुमार चौधरीले बताए ।
दिक्तेल बोडिङ स्कुलमा गठित विज्ञान क्लबको आयोजनामा भएको विज्ञान प्रदर्शनीमा सहभागी छात्र/छात्राले न्यूटनको तेश्रो नियम, पास्कलको नियम, आर्किमिडिजको सिद्धान्त अनुशार ग्याँस, एस्काभेटर, रोलर, ज्वालामुखी लगाउतका विज्ञान सम्वन्धी नमूना तयार पारेर शिक्षक, अभिभावक तथा अन्य विद्यार्थीलाई देखाएका छन् ।
कक्षा ४ का विद्यार्थीले ज्वालामुखी सम्वन्धी, कक्षा ५ का विद्यार्थीले बायोग्याँस, भेण्डिङ मेसिन, चक्लेट उत्पादन गर्ने उपकरण, हाईड्रोजन ग्याँसको चापको मद्धतबाट बम बिष्फोट, कक्षा ७ का विद्यार्थीले अक्सिजन ग्याँस, कक्षा ८ का विद्यार्थीले ज्वालामुखी सम्वन्धी, कक्षा ९ का विद्यार्थीले बन फँडानीको बेफाईदा र कक्षा १० का विद्यार्थीले मुटु र यसको कार्यका विषयमा प्रयोगात्मक अभ्यास देखाएर व्याख्या गरेका थिए ।
छात्र/छात्राले सस्तो, सुलभ र घरमै उपलव्ध हुने सामग्री प्रयोग गरेर निर्माण गरिएको विज्ञान सामग्री प्रदर्शनीमा राखेका थिए । ‘विद्यार्थीले कक्षामा सिकेका सैद्धान्तिक कुराका आधारमा विज्ञान सामग्री तयार पारेर प्रदर्शनी आयोजना गरिएको हो,’ शिक्षक चौधरीले भने, ‘विज्ञान विषयप्रति विद्यार्थीको सिकाई मापन गर्दै नयाँ खोज अनुसन्धानमा प्रोत्साहन मिल्ने हाम्रो अपेक्षा छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



