जनहित हलेसी तथा ऋण सहकारीको पूँजी एक करोड १० लाख
पुस २७ आइतवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा सञ्चालित जनहित हलेसी तथा ऋण सहकारी संस्थाको कुल पुँजी १ करोड १० लाख नाघेको छ ।
बचत गर्ने बानीको विकास गर्दै सामुहिक बचतलाई व्यवसायिक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०६९ सालमा स्थापित सहकारीको पुँजी १ करोड १० लाख ८५ हजार १४७ रुपैयाँ पुगेको हो ।
शुक्रबार हलेसीमा आयोजित सहकारीको सातौं वार्षिक साधारण सभाको अवशरमा कोषाध्यक्ष प्रकाशचन्द्र गिरीले चालु आर्थिक वर्ष सहकारीको पूँजी वृद्धि गरेर १ करोड ४२ लाख १० हजार पु¥याउने लक्ष्य राखिएको जानकारी दिए ।
सहकारीसँग नगद मौज्दात ३ लाख ५० हजार ४१ रुपैयाँ, बैंक मौज्दात ३ लाख ५१ हजार २२८, ऋण लगानी ८९ लाख ४५ हजार ५ सय, स्थिर सम्पत्ती ४५ हजार ४०५, पाउनुपर्ने हिसाव १३ लाख ११ हजार २४३ रुपैयाँ लगायतका सम्पत्ती रहेको जानकारी दिइएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा १३ लाख ५५ हजार ४८ रुपैयाँ आम्दानी भएकामा चालु आर्थिक वर्ष २० लाख ५ सय आम्दानी गर्ने लक्ष्य राखिएको सहकारीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सहकारीले ५ लाख ४० हजार १६० रुपैयाँ खुँद नाफा आर्जन गरेको सहकारीका लेखा समिति संयोजक नविन चाम्लिङले बताए ।
हलेसीलाई केन्द्र बनाएको सहकारीले व्यवसाय, कृषि, उद्यम, विदेशबाट फर्किएर उद्यम गर्न चाहने युवालाई लक्ष्यीत गरेर ऋण प्रवाह गर्दै आएको छ । हाल १०९ जना शेयर सदस्य रहेको सहकारीका सचिव एविन्द्र राईले आगामी वर्ष सफ्टवेरमार्फत कारोबार गर्ने, रेमीट्यान्स सञ्चालन गर्ने लगायतका गतिविधि एबं भावी कार्यक्रम तय गरेको जानकारी दिएका छन् ।
वार्षिक साधारण सभाको अवशरमा १० उत्कृष्ट वचतकर्ता र तीन जना अशल ऋणीलाई सम्मान गरिएको छ । उनीहरुलाई वडाध्यक्ष चइन्द्र राई र सहकारी सञ्चालक समितिका अध्यक्ष चक्रबहादुर राईले सम्मान गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



