दुई लाख ५० हजारको अक्षय कोष स्थापना
पुस २७ आइतवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका तीन दाजुभाईले स्थानीय एक विद्यालयमा दुई लाख ५० हजारको अक्षय कोष स्थापना गरि गरिदिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा घर भई हाल सुनसरीको इटहरीमा बस्दै आएका इन्द्रबहादुर राई, राजबहादुर राई र तुलसकुमार राईले मनकामना जनकल्याण मावि निर्मलीडाँडामा बुबा तिलकबहादुर राई र आमा मनमाया राईको स्मृतिमा अक्षय कोषको स्थापना गरि दिएको स्थानीय प्रजाकुमार राईले जानकारी दिए ।
राई परिवारले स्थापना गरी दिएको अक्षय कोषको रकम चाडै बैंकमा खाता खोलेर राख्नका लागि धनिराम राईको अध्यक्षतामा अक्षय कोष सञ्चालक समिति गठन गरिएको विद्यालयले जनाएको छ ।
उक्त अक्षय कोषको रकमबाट आएको व्याजले हरेक वर्ष विद्यालयमा अध्यनरत उत्कृष्ट अंक ल्याउने छात्र÷छात्रालाई विद्यालयको वार्षिक उत्सवमा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक तारादेवी राईले जानकारी दिइन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



