पुरस्कार, अतिथ्यता र महावीर

धनिराम राई

पुस २८ सोमवार,२०७६
खोटाङ । औपचारिक सवै खालका कार्यक्रमहरु सकाएर घर फर्कने जति सबैलाई सोधिने सामन्य प्रश्न हो, “आजको कार्यक्रम कस्तो भयो?” कार्यक्रममा सहभागिता जनाएर फर्केकाहरुको उत्तर एकै खालको हुन्छ,“हत्तेरी! साह«ै झुर भयो।” “किन र, के भयो ?” प्रश्न अरु तेर्सिदै जान्छ । “हैन हौ १० सै बजे कार्यक्रम सुरु गर्ने भनिएको थियो । प्रमुख अतिथी समयमा आइदिनुभएन । खै उहाँको अन्तै कतै अर्को पनि कार्यक्रम थियो रे । पर्खदा पर्खदा १२ बज्यो । बल्ल बल्ल १ बजे उहाँ आउनुभएपछि कार्यक्रम सुरु भयो ।

समयनै नपुगेर………” “ए खासै अरु कुरा भएको त हैन रहेछ । खालि कार्यक्रम ढिलो सुरु भएको त रछ ।” “कहाँ त्यतिमात्र हो र ! कार्यक्रममा आसन ग्रहण गराउँदा कस्तो लफडा भयो ।” “किन र?” “किन भन्नु नि ! पोट्फोलियो नमिलेर विवाद सृजना भयो । अगाडि बोलाउनु पर्नेलाई पछाडि र पछाडि बोलाउनु पर्नेलाई अगाडि बोलाइएछ । ठूलो हंगामा भएर !” “अनि के भो त?” “के भएन भन्नुनि, उहाँ साव र फलाना सावले त आसनै ग्रहण गरिसेन ।

उद्घोषकले धेरै चोटि माफी मागेर आसन ग्रहण गराउन कोशिस गरे । कयौं पल्ट अनुरोध गर्दा पनि आसन ग्रहण गरिसेन । उहां सावकै पाटीका फलाना र धिस्काना सावहरुले गएर सम्झाइस्यो, तै पनि मानिसेन । फेरि चिलाना सावले विनम्रतासाथ अनुनय विनय गरिस्यो र पनि कुनै सीप लागेन । उहाँ साव त पहिले जहाँ बसिसेथ्यो, त्याहिँबाटै उठेर गइस्यो ।” “अनि, अनि अरु के के भयो?” “अनि, वल्ल वल्ल कार्यक्रम सुरु भयो । होहल्ला चलिरह््यो । अरु अरुको पनि पोट्फलियो मिलेन भनेर गाइँगुइँ चलिरह्यो । मञ्चमा गएर बोल्न नपाउनेहरु कति जना रिसाएर गए । बोल्न पाएकाहरुले तोकिएको समयभन्दा ५ गुणा बढी समय लिएर भा नभाको गफ छाँटे । फेरि कार्यक्रमको वीचमै आफ्नो कुरा राखेपछि प्रमुख अतिथी र विशेष अतिथी उठेर गइस्यो । अरु पनि आफ्नो कुरा राखेर जाने धेरै थिए । कुरा राख्नेमात्र थिए, कुरा सुन्ने थिएनन् । तर अन्तमा फोटो सेसनमा भने तँछाड मछाड गर्दै फोटो खिचाउन अघि सर्नेहरुको प्रतिश्पर्धा भने चर्कै थियो ।”

संसारमा भएका सबै मान्छेहरु खालि मान्छेहरु नै हुन । मान्छेवाहेक अरु कुनै भगवान नाम गरेका पात्र छैनन् नत छन् राक्षस नाम गरेका अर्को जीव नै । मान्छेले मान्छेप्रति विभेद गर्न सृजना गरिएका कपोलकल्पित कुराहरुमात्र हुन् भगवान वा देवता र राक्षस वा दानवको परिकल्पना । सत्य कुरा के हो भने अधिकाँस मान्छेहरु भीडको पछाडि लाग्ने गर्छन् । सत्यको खोजीप्रति लाग्दैनन् । अरुको भलाई, समाजको उन्नति, न्याय, समानता आदि सकारात्मक पक्षका हिमायतीहरुलाई भगवान वा देवता भनिन्छ ।

त्यहि मान्छे फेरि आफ्नैमात्र स्वार्थ, समाजको अवनति, अन्याय, असमानता, विभेद र दुराचारको हिमायती बन्छ भने उसलाईनै राक्षस भनिन्छ । तर याहाँनेर के कुरा पनि विर्सनु हुन्न भने इतिहास जित्नेले आफ्नो पक्षमा लेख्ने हो । यसरी लेखिएको इतिहास हार्ने पक्षलाई खसाएर र जित्ने पक्षलाई बढाईचढाई गरेर लेखिन्छ । उदाहरणको लागि हिन्दुहरुको धर्मग्रन्थ मानिएको रामायणलाई लिन सकिन्छ । रामायणमा राम र रावणको कथा छ । रामलाई भगवान मानिएको छ भने रावणलाई राक्षस ठानिएको छ । तर सत्य कुरा के हो भने दुबै राम र रावण एक समयका मान्छे हुन् ।

फरक भनेको यति हो, राम अयोध्याका राजा थिए भने रावण श्रीलंकाका राजा ।हिन्दु धर्मका विभेदकारी पाखण्डीहरुले खासगरी नेपालमा र भारतको उत्तरी क्षेत्रमा रामलाई भगवान मान्ने मनाउने गरी रामायण लेख,े लेख्न लगाए, पढाए, पढ्न लगाए र मान्छेको दिमाग भ्रमित् परिदिए । अहिले पनि भारतको दक्षिणी क्षेत्र र श्रीलंकामा रामलाई राक्षस र रावणलाई भगवान मानिन्छ जसरी हामी नेपालीहरु भरतीय प्रधनमन्त्री नरेन्द्र मोदीलाई राक्षस र कूलमान घिसिङ, महावीर पुन, अनुराधा गुरुङ कोइराला, डा. गोविन्द केसीहरुलाई भगवान मान्छौँ ।

हामी मान्छेको अर्को कम्जोरी भनेकोे स्वार्थी हुनु हो । व्यक्तिगत स्वार्थका कारण हामी सत्यको पछि लाग्दैनौँ । पदवालाको चाकरी गर्नु , शक्तिवालाको भक्ति गर्नु र आफ्नो स्वार्थ पुरा गर्नु हाम्रो लक्ष्य बनेको हुन्छ । हाल सरकारको अधिकांस तीनै तहमा नेकपाका सरकार भएपनि कतिपय चाटुकर नेपाली कांग्रेसका मान्छेहरुले व्यक्तिगत स्वार्थ पुरा गरिरहेका छन् भने स्वाभिमानी नेकपाका मान्छेहरुको हुने काम पनि भएको छैन ।

फेरि के पनि सत्य हो भने त्यहीं पदवाला र शक्तिवालाहरुलाई पद र शक्तिबाट खुस्किएपछि कसैले वास्ता नगर्ने हेयको पात्र बन्छन् । मान्छेले सम्मान प्राप्त गर्नु छ भने जीवनभर र जीवनपर्यन्त पनि सदासर्वदा सम्मान हुने खालको सम्मान प्राप्त गर्नुपर्छ , पद, शक्ति र सम्पति भईन्जेलमात्र पाईने बाहिरी सम्मान होइन । कुरा त्यतिमामात्र सकिदैन । मान्छेको स्वभाव भनेको अगाडि सामन्ने एउटा कुरा गर्ने पछाडि नेपथ्थेमा अर्को कुरा गर्ने हुन्छ अर्थात मुखले सम्मान र सत्कार गर्ने, मन र आत्माले तिरस्कार गर्ने हुन्छ । यी सब कुरा लोभ, पाप र स्वार्थको कारण हुन्छ ।

अर्कोतिर चाकरी र चाप्लुसी गर्ने हुक्के, ढोके, चाटुकर र तलुवा चटुवाहरुलाईमात्र हामी अफ्नो र अशल मान्छे ठान्छौँ । आफु झुक्दा इज्जत गएको र सानो भएको ठान्छौँ हामी । हामी सधैँ अरु झुकोस् भन्ने मनोभाव बोकेर बसेका हुन्छौँ । सानो ठूलो र उच नीचको विभेदकारी चिन्तनबाट ग्रसित् बन्दै हुर्के बढेका हुन्छौँ हामी । वास्तवमा सत्य कुरा के हो भने काम र जिम्मेवारी फरक हुन्छ , तर सबै मान्छे बराबरी हो, समान हो र सबैको इज्जत उहि हो । मान्छे खालि उच नीच र ठूलो सानोको गलत र विभेदकारी भ्रम पालेर बाँचेको हुन्छ । यो भ्रममात्र हो । जन्म लिंदा नाङ्गै र मृत्यू हुंदा खाली हात रितै हुनु सबै मान्छेको नियती एउटै हुनुबाट यहिं कुराको पुष्टि हुन्छ ।

यसैगरी याहाँ अर्को पनि सान्दर्भिक कुरा छ त्यो के भने मान्छेले व्यक्तिगत चिन्तन गर्नु स्वभाविक र सामन्य कुरा हो । चिन्तननै गर्नु पर्छ भने समुदाय, समाज र राष्टको हित हुने कुराको चिन्तन गर्नुपर्छ त्यसैगरी जसरी महावीर पुन, कुलमान घिसिङ, अनुराधा गुरुङ कोईराला र डा. गोविन्द केसीहरुले गर्नुहुन्छ । मानवमात्रको कल्याण हुने चिन्तन गर्न सक्नुमामात्र महानता हुन्छ । तर हाम्रो देश नेपाल यस्तो देश भईसक्यो कि जहाँ नम्बर थपाएर गोल्ड मेडलिस्ट बन्छ , प्रश्नपत्र पहिल्यै आउट गरी विक्री गरेर आयोग पास गन्छि र आफू र आफ्नो मान्छेको अनुकुलतामा ऐन नियमहरु निर्माण र संशोधन गरिन्छ । यसैगरी एकाध घट्नावाहेक प्राय सबैजसोमा आफ्नो र सत्ता पक्षीयलाई पुरस्कार र सम्मान दिने गरिन्छ ।

राजाको समयमा राजाका भक्तहरुमात्र पुरस्कृत भएजस्तै लोकतान्त्रिक शासन व्यवस्था भनिएको वर्तमान शासन पद्दतिमा समेत उही चाटुकर, तलुवा चटुवाहरु र आफ्ना भोटर्सहरुलाई पुरस्कृत गरिन्छ । पुरस्कृत हुनेहरुको नामवली पुरस्कारको घोषणा हुनु दुई तीन महिना अगाडि नै थाहा हुनुलाई सोहीरुपमा बुझ्न सकिन्छ । यसखाले पुरस्कारलाई फेरि ठूलै सम्मान भएको प्रचारप्रशार गरिन्छ । तर यी यावत् घट्नाक्रममा जनजनको मनमा कति घृणित भईरहेका छौँ भन्ने कुराको ख्याल गरिन्न वा जीउ छाडेर बस्ने हाम्रो बानी हुन्छ । पुरस्कार प्राप्त गर्न होडबाजी गर्ने, फोटो खिचाएर प्रचारप्रशारको प्रतिश्पर्धामा उत्रने,, शीलापत्र र ताम्रपत्रमा नाम लेखाउने जस्ता कुरामा लालायित भएर लाग्नु आम मान्छेको मनोवृत्ति बनेको हुन्छ ।

तर यति हुंदाहुंदै पनि केहि यस्ता महान व्यक्तित्वहरु हुन्छन् जसलाई पुरस्कार पनि सामन्य कुरा लाग्छ । तिनै मध्येका एक हुनुहुन्छ दुर्गम गाउँमा समेत वायरलेस इन्टरनेट सेवा पु¥याएर एसिया महादेशकै नोवल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुहुने महा मानव महावीर पुन । उहाँले थुप्रै सम्मान र पुरस्कारहरु प्राप्त गर्नु भएको छ । उहाँ पुरस्कार र सम्मान प्राप्त गर्न योग्य व्यक्रित्व भएतापनि उहाँले अव उप्रान्त कुनै पनि पुरस्कार नलिने र कुनै पनि औपचारिक कार्यक्रमहरुमा कुनैपनि खाले अतिथी नबन्ने घोषणा गर्नुभएको छ । उहाँको घोषणाले पुरस्कार र सम्मानको लागि मरिहत्ते गर्ने सामन्य मान्छेलाई अचम्मै लाग्न सक्छ ।

यसैगरी आतिथ्यताको अर्को पाटो पनि छ । अतिथी देवता हो भनिन्छ तर अतिथीमा देवताको गुणै हुँदैन । अतिथी हुने मान्छेको घमण्डी स्वभाव देख्दा र उसले विगतमा गरेका कयौँ खराव कृयाकलापहरु सम्झदा बाहिरि मुखले अतिथीको रुपमा सम्मान गरेझैँ गर्नु परे पनि भित्रि आत्माले पुरै घृणा गरिरहेको हुन्छ । अतिथी, विशेष अतिथी र प्रमुख अतिथी बन्ने बनाईने विवादले सृजना भएका राजनैतिक खिचातानी र तँ ठूलो कि म ठूलो भन्ने पदीय घम्साघम्सीका कारण कतिपय औपचारिक कार्यक्रमहरु स्थगित हुने, मुल्तवी रहने र रद्दै हुने घट्नाहरु दोहोरिरहन्छन् ।

पदभन्दा मान्छेको काम र इज्जत महान हो भन्ने कुरा मान्छेले बुझ्नै सकेको छैन । बाहिर बाहिर मुखले दिने सम्मानभन्दा भित्रि आत्माबाट प्राप्त हुने सम्मान वास्तविक सम्मान हुने कुरा आम मान्छेले बुझेकै छैन । यसै सन्दर्भमा महावीर पुनलाई फेरि सम्झन सकिन्छ । उहाँले कुनै पनि औपचारिक कार्यक्रममा अतिथीको रुपमा निम्तो नदिन भनेर अनुरोध गर्नुभएको कुरा माथि आईनै सकेको छ । उहाँलाई देखावटी आतिथ्यताको आवश्यक्ता छैन किनकि उहाँ सम्पूर्ण मान्छेको मनमनमा सँधै अतिथीे बनिरहनु भएको छ र अपार सम्मान प्राप्त गरिरहनु भएकोछ ।

मान्छेकोे वास्तविक मूल्याङ्कन उसले गर्ने कामबाट हुन्छ । यदि कामबाट भएनभने नेपालको वर्तमान ओली सरकारजस्तै हुनजान्छ । खड्गप्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले “समृद्ध नेपाल र सुखी नेपाली” को नारा मुखले मात्र फलाकिरहेको छ । कतै पनि देश समृद्ध बन्नाउने खास र दीर्घकालिन कार्यक्रम आएको छैन । जताततै आफ्नो कार्यकर्ता पोस्नेगरी योजना बाँडफाँड ग¥यो । कमसल निर्माण सामग्री प्रयोग ग¥यो । योजना सम्पन्न भएको कागजात तयार गरेर फरफारक ग¥यो । फरफारक गरेको भोलिपल्टदेखि मर्मतको अर्को काम सुरु ग¥यो ।

कामको अनुगमन छैन । बाटोघाटो, भवन, आँखा पोखरी, भ्यू टावर, स्वागत द्वार (गेट) आदि बनाई सकेपछि तिनिहरु किन चाँडै भत्कन्छन् ? के कुनै पनि भौतिक वस्तु बनाउँदा त्यो कति समयसम्म खप्न ( टिक्न ) सक्छ भन्ने उसको आयू हुँदैन ? खप्न सक्ने उसको समयावधि अगाडि नै भत्के बिग्रे बनाउँने पक्ष (ठेकदार) लाई जिम्मेवार बनाउन सकिन्न? कि कर्मचारी र पाटीको नेता मिल्यो अनि सहमतीमा “काले काले मिलेर खाउँ भाले” भन्यो तैँ चुप मै चुप ग¥यो र जस्तो काम भए पनि फरफारक ग¥यो अनि सक्यो गर्ने? “म भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिन्न” भन्ने नाराले पनि स्वयम् सरकारका सबै मन्त्रीहरु र कर्मचारीहरुलाई गिज्याईरहेकोछ ।

वर्तमान सरकारको पालामा झनै भ्रष्टचार बढेको छ , भ्रष्टचार नीतिगत भएकोछ र अख्तियार नीरिह बनेकोछ , अख्तियारले ठूला माछालाई छुनै सकेको छैन । विद्दमान एैन नियमहरुले नदिदानदिदै तिनिहरु संशोधन गरेरै भए पनि भ्रष्टचार गरिन्छ । यस्ता सयौँ उदाहरण छन् । त्यसमध्येको पछिल्लो हो ‘यती समूहलाई गोकर्ण रिसोर्ट भाडामा दिने निर्णय ।’ मिलिनियम च्यालेन्ज कर्पोरेसनको त कुरै नगरौँ किनकि योभन्दा ठूलो राष्ट्रघाती कदम अर्को हुनै सक्दैन ।

यो सरकारले गुगल वोइ भनिएको केटोलाई अपत्यारिला भविष्यवाणीको निहुँमा करोडौँ पैसा दिनसक्छ , प्राकृतिक सम्पदाको नास गरी अन्धविश्वसलाई प्रोत्साहन गर्न डाँडा डाँडामा लाखौँ र करोडौँको मन्दिर बनाउँन पैसा खर्च गर्छ , तर मानवमात्रको सुखको लागि नगरी नहुने आविश्कार केन्द्रको स्थापना र आविश्कारको लागि पटक पटक अनुरोध गर्दा पनि महावीर पुनलाई एक पैसा दिइँदैन । मान्छेलाई मन्दिर होइन, आविश्कार केन्द्रहरु, विद्यालयहरु, प्रयोगशालाहरु र कर्मशालाहरु चाहिएको छ । अन्धविश्वासको ठेलीहरु हेईन मान्छेलाई ज्ञानका भण्डारहरु चाहिएको छ ।

मन्दिर बनाएर मूर्तीको पूजा गरी समृद्धि प्राप्त हुंदैन । यहिं मूर्ती पूजा गर्ने गलत अन्धविश्वास र भ्रष्टचारका कारण कयौँ प्राकृतिक साधन र स्रोतहरुले भरिपूर्ण भएरपनि नेपाल गरिव र भिख मङ्गाहरुको देश भएको छ । “पूजा होइन, सेवा र काम गर्नु महानता हो” भन्ने कुरा बुझ्न जरुरी छ । महावीर पुन, सन्दुक रुइत र कूलमान घिसिङहरुलाई पुरस्कार, सम्मान र आतिथ्यताको आवश्यक्ता छैन बरु सहयोग, समर्थन, उत्साह र मायाको खाँचो छ । उहाँहरुको काम सम्झदा श्रद्दाले सँधै हाम्रो शीर झुक्छ र प्रेमका आँशुले हाम्रो गह भरिन्छ , गला अवरुद्द हुन्छ र हिक्का छुट्छ ।