गदालको पञ्चेबाजा गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
पुस २८ सोमवार, २०७६
खोटाङ । खोटाङका गायक तथा संगीतकार हर्क गदालको ‘पञ्चे वाजा’ बोलको लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गत कात्तिक पहिलो साता सत्य घट्नामा आधारित ‘बस्छु सँधै रोई’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएका गदालले पुःन आफ्नै लय, शब्द र स्वर रहेको लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
विशेष डिजिटल रेकडिङ्ग स्टुडियोमा रेर्कड गरिएको १३ मिनेट लामो म्यूजिक भिडियो सोमबार ओएसआर डिजिटलको यू–टुवमार्फत सार्वजनिक गरिएको हो ।

विजय थापाको एरेञ्जमा दर्शक÷श्रोता माझ ल्याइएको गीतमा गायक गदाललाई गायिका प्रनिशा विकले साथ दिएकी छन् । लोपोन्मुख बन्दै गएको पञ्चे बाजाको संरक्षण र संवद्र्धनका लागि यससँग सम्बन्धित म्यूजिक भिडियो तयार पारिएको गायक तथा संगीतकार गदालले बताए ।
बशन्त राईको निर्देशन र सुविन राईको छायाङ्कन रहेको म्यूजिक भिडियोमा नविन रहपाल, पूर्णिमा लामा, अनित आले, मिरा राई, प्रतिक आचार्य, आइसा राई लगायतको अभिनय रहेको छ । जिएम नेपाल प्रालिले निर्माण गरेको म्यूजिक भिडियोमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आसपासका दृश्य देख्न सकिन्छ ।
गदालले २०७५ साल असोजमा एकैसाथ ‘धेरै दुःख पाइयो’ र ‘बाटोमा हिँडियो ठिटीहरुले’ बोलको लोक गीतको म्यूजिक भिडियो बजारमा ल्याएका थिए ।
सानैदेखि सांगीतिक क्षेत्रमा क्रियासिल गदालको २०७३ सालमा ‘पसिनाले बसेँ रुझेर’, २०६३ सालमा ‘धोका पाको छु’, ‘यो मन रोइरहने’, ‘मायाँ पिरती लाउन’ लगायतका बोलको गीत बजारमा आइसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



