ड्रागन फ्रुटको खेती वारे किसानलाई अभिमुखीकरण
पुस २८ सोमवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेती सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ड्रागन खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर नगरपालिकाले २८ किसानलाई सहभागी गराएर सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।
नगरपालिकाभित्रका सुक्खाग्रस्त क्षेत्र घोषित ठाउँमा ड्रागन फ्रुटको खेती गर्न सकिने सम्भाव्यता अध्ययनका लागि किसानलाई तालिमको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख बिमला राईले बताईन् ।
‘ड्रागन फ्रुट पानीको अभाव भएको सुक्खा ठाउँमा उत्पादन हुने फल हो,’ उपप्रमुख राईले भनिन्, ‘यस ठाउँमा पनि ड्रागन फ्रुटको सम्भावना देखेर अभिमुखीकरण सञ्चालन गरिएको हो । परीक्षणका रुपमा ड्रागन फ्रुटको खेती लगाउन लागेका हौँ ।’ परीक्षण सफल भए आगामी दिनमा प्राथमिकताका साथ ड्रागन फ्रुटको खेती विस्तार गरिने नगरपालिकाले जनाएको छ ।
अभिमुखीकरणमा सहभागी किसानलाई ड्रागन फ्रुटको परिचय, रोप्ने मौसम, रोप्ने, गोलमेल गर्ने तरिका, हेरचाह लगायतका विधिका बारेमा जानकारी दिइएको छ । ड्रागन फ्रुटको खेती परीक्षणका लागि किसानलाई ६/६ बोट बिरुवा वितरण गरिएको छ । तालिममा सहभागी किसानलाई कृषि अभियान्ता शुभचन्द्र राई र नेपाल कृषि सेवा विकास कार्यक्रमका स्थानीय कृषि संयोजक रोश्ना कार्कीले ड्रागन फ्रुटको खेतीका बारेमा किसानलाई सहजीकरण गरेका थिए ।
पानीको श्रोत नभएको तथा भएका पानीका श्रोतले अपुग हुन थालेछि हलेसी तुवाचुङ नगरपालिकाको महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडालाई तत्कालिन जिल्ला दैविप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । पिउने पानीकै अभाव रहेको सो क्षेत्रमा ड्रागन फ्रुटको खेतीको सम्भावना बारेमा बेला–बेलामा चर्चा हुने गरेको छ ।
खोटाङमा हालसम्म व्यवसायीकरुपमा ड्रागन फ्रुटको परीक्षण खेती गरिएको छैन । हलेसी तुवाचुङ नगरपालिकाको भूगोल र वातावरण ड्रागन फ्रुटको खेतीका लागि उपयुक्त देखिएकाले अभिमुखीकरण कार्यक्रम राखिएको नेपाल कृषि सेवा विकास कार्यक्रमका स्थानीय कृषि संयोजक कार्कीले बताईन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



