दिक्तेल महोत्सवको तयारी तीव्र, एक अर्वको कारोवार हुने प्रक्षेपण
माघ २ बिहीवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको तयारी तीव्र पारिएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको आयोजक उद्योग वाणिज्य संघ खोटाङले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर वाणिज्य संघले महोत्सवलाई सफल र भव्य वनाउनका लागि आवश्यक तयारी तिब्र पारिएको उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।
खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी वजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा दिक्तेल महोत्सवको तयारी गरिएको हो । महोत्सवका माध्यमबाट आन्तरिक बजार सवलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै दिगो आर्थिक संमृद्धि हासिल गर्नमा टेवा पुग्ने वाणिज्य संघका प्रथम उपाध्यक्ष ध्रुब श्रेष्ठले बताए ।
सय वटाभन्दा बढि स्टल राखिने
दिक्तेलमा सञ्चालन गरिने महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औधोगिक उत्पादन, बैंक वित्तीय संस्था र सेवा, अटोमोबाईल सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका सय वटाभन्दा बढिको स्टल रहने जानकारी दिइएको छ ।
आदिबासी जनजातीको साँस्कृतिक भेषभुषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगीतात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, वाल उद्यान तथा विविध मनोरञ्जनात्मक स्टल, जातीय खानाका मौलिक परिकारको विक्री तथा प्रदर्शनी लगायत महोतसवको प्रमुख आकर्षण हुने वाणिज्य संघका महासचिव मनोज बजिमयले बताए ।
एउटै थलोमा विभिन्न व्यवसायीबीचको जमघट हुने भएकाले सिक्ने र सिकाउने अवशर प्राप्त हुने र व्यवसायीबीचमा सञ्जाल स्थापना हुने दावी गरिएको छ ।
एक अर्वको कारोवार हुने प्रक्षेपण
दश दिने महोत्सवको अवधिमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको वाणिज्य संघले जनाएको छ । करिब एक लाखभन्दा बढि अवलोनकर्ताले जिल्लाको धार्मिक, साँस्कृतिक, रमणीय, प्राकृतिकस्थल, मौलिक संस्कृतिको बारेमा जानकारी पाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ‘महोत्सवको अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने जानकारी दिइएको छ ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



