चिसापानीमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता शुरु
माघ ४ शनिवार, २०७६
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता सुरु गरिएको छ । द्वन्द्वको समयमा १८ वर्षअघि हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माबिका तत्कालीन प्रअ हर्कबहादुर राईको स्मृतिमा स्मृतिमा शुक्रबारदेखि तीन दिने अन्तर मावि स्तरिय भलिवल प्रतियोगीता सुरु गरिएको हो ।
शहीद हर्कबहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा चिसापानी नमूना माविको प्राड्डणमा आयोजित प्रतियोगीता नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले उद्घाटन गरेका हुन् । प्रतियोगीतामा १४ टिमको प्रतिष्पर्धा रहेको प्रतिष्ठानका सचिव बाजिन्द्र बिष्टले बताए ।
प्रतियोगीतामा पाँचकन्य मावि पौवासेरा र चिसापानी माबि ‘सि’ बीचमा उद्घाटन खेल भएको छ । भलिवल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १५ हजार र तेश्रो स्थान प्राप्त समुहले १० हजार प्राप्त गर्ने छन् । भलिवल प्रतियोगीताका साथमा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताको समेत आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाल शिक्षक संघ खोटाङका तत्कालीन अध्यक्ष रहेका राईलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने हुम्मापोखरीमा लगेर २०५८ साल माघ ३ गते हत्या गरेको आफन्तको भनाई छ ।
किरात वर्कर्स पार्टीबाट नेकपा माओबादीमा प्रबेश गरेका कार्यकर्ताले राईको हत्या गरेका थिए । कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि उत्खनन गरी चिसापानीको बिपीचोकमा लगेर जलाइएको घटना रहस्यमय रहेको प्रतिष्ठानका सचिव बिष्टले बताए । द्धन्द्ध कालमा मारिएका शिक्षक राईलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



