चार वडालाई कागतीको पकेट क्षेत्र बनाइदै, विदेशबाट फर्किएका युवालाई अनुदान
माघ ४ शनिवार, २०७६
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रका रुपमा विकास गर्न पहल थालेको छ । कागती उत्पादन गरेर किसानलाई आर्थिक रुपमा सवल बनाउनका लागि गाउँपालिकाले खोटेहाङ गाउँपालिका–८ सिम्पानी, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे, खोटेहाङ गाउँपालिका–४ वड्कादियाले र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारलाई पकेट क्षेत्रका रुपमा विकास गर्न कार्यक्रम सुरु गरेको हो ।
सिम्पानी र लिच्कीराम्चेका २५/२५ जना किसान आवद्ध दुई वटा कृषक समुहलाई समेटेर एउटा पकेट क्षेत्र तथा खोटाङबजार र बड्कादियालेका दुई वटा कृषक समुहलाई समेटेर कागतीको अर्को पकेट क्षेत्र बनाउनेगरी काम थालिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
कागतीको व्यवसायिक खेतीका लागि आर्थिक वर्ष २०७५/०७६ मा कागतीका दुई वटा पकेट क्षेत्रलाई प्रतिपकेट क्षेत्र १ लाख ९० हजारका दरले अनुदान उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ । अनुदान पाएका पकेट क्षेत्रका किसानले हाल कागतीको बेर्ना उत्पादनका काम गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाको ९ वडामध्ये कागती उत्पादन हुने स्थान र सम्भावनालाई ध्यानमा राखेर पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।
यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई पनि कागतीको पकेट क्षेत्रका रुपमा विकास गर्न चालु आर्थिक वर्ष ३ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न यस आर्थिक वर्ष २ लाख बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
विदेशबाट फर्किएका युवालाई अनुदान
खोटेहाङ गाउँपालिकाले वैदेसिक रोजगारबाट फर्किएका युवालाई व्यवसाय सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ । विदेशबाट गाउँ फर्किएपछि केही व्यवसाय गर्न इच्छुक युवालाई आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाका ९ वडामध्ये चिप्रिङ वाहेकका ८ वडाका एक/एक युवालाई ५०/५० हजार अनुदान दिइएकोमा चालु आर्थिक वर्ष पनि अनुदान विनियोजन गरेको छ ।
विदेशबाट फर्किएपछि उत्पादनमूलक काम गर्न चाहने ९ वडाका एक/एक जना युवालाई चालु आर्थिक वर्ष पनि ५०/५० हजारका दरले अनुदान दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।
खोटेहाङ गाउँपालिकाले कृषि श्रोत व्यक्ति विकासका लागि पनि बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको व्यवसायीक विकासमा टेवा पु¥याउनका लागि गाउँपालिकाले १८ जना कृषि श्रोत व्यक्ति विकासको प्रयास थालेको हो । प्रतिवडा दुई/दुई जना कृषि श्रोत व्यक्ती विकासका लागि यस आर्थिक वर्ष १ लाख ८० हजार बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



