घाईते राईलाई एक लाख ३८ हजार ६१५ आर्थिक सहयोग
माघ ५ आइतवार, २०७६
खोटाङ, । रावाखोला सेरोफेरो हङकङ परिवारले विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाईते भएका खोटाङका एक स्थानीयलाई आर्थिक सहयोग गरेको छ । विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाईते भएका केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्खुमका गणेश राईलाई एक लाख ३८ हजार ६१५ रुपैयाँ सहयोग गरेको हो ।
गत पुस ७ गते विद्युतको केन्द्रिय प्रशारणलाईन विस्तारकालागि पोल गाड्नेक्रममा गम्भीर घाईते भएका राईलाई रावाखोला सेरोफेरो हङकङ परिवारको अगुवाईमा हङकङबासी दाताबाट सहयोग संकलन गरेर प्रदान गरिएको हो ।
संकलित रकम फलैंचा रेष्टुरेण्ट काठ्माण्डौंमा आयोजित कार्यक्रममा पृथ्वी माबि बाक्सिलाका पूर्व प्रअ जितेन्द्रराज श्रेष्ठ र प्रअ रणबहादुर राईले घाईतेलाई हस्तान्तरण गरेका छन् । घाईतेलाई बाक्सिला लगायतका अन्य शुभेच्छुकले पनि सहयोग गरेको आफन्तले बताएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



