अन्तर मावि स्तरिय भलिवल प्रतियोगताको उपाधि बालकन्याले चुम्यो
माघ ६ सोमवार, २०७६
खोटाङ । द्वन्द्वको समयमा हत्या गरिएका प्रअको स्मृतिमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा आयोजित अन्तर मावि स्तरिय भलिवल प्रतियोगिताको पहिलो उपाधी बालकन्या मावि धर्तुङले जितेको छ । २०५८ साल माघ ३ गते हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माबिका तत्कालीन प्रअ हर्कबहादुर राईको स्मृतिमा आयोजित भलिबल प्रतियोगीतामा बालकन्या माविले प्रथम उपाधि उचालेको हो ।
स्थानीय चिसापानी नमूना माविको प्राड्डणमा आयोजित प्रतियोगीतामा शान्ति मावि छोरम्बु दोश्रो र सप्तकन्या मावि चिप्रिङ तेश्रो भएको आयोजक सहिद हर्कबहादुृर राई स्मृति प्रतिष्ठानका सचिव वाजिन्द्र बिष्टले बताए ।
आईतबार समापन भएको भलिवल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १५ हजार र तेश्रो स्थान प्राप्त समुहले १० हजार प्राप्त गरेका छन् । विजयी टिमलाई नेपाली कांग्रेसका महासमिति सदस्य रविप्रकाश राईले पुरस्कार हस्तान्तरण गरेका छन् । प्रतियोगीतामा जिल्लाका विभिन्न १४ टिमको प्रतिष्पर्धा रहेको थियो । प्रतियोगीता शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले उद्घाटन गरेका थिए ।
प्रतिष्ठानले भलिवल प्रतियोगीताका साथमा अन्तर मावि स्तरीय एकल छात्रा नृत्य प्रतियोगीताको समेत आयोजना गरिएको जनाएको छ । प्रतियोगीता समापनको अवशरमा व्याडमिन्टनको शो मेच सञ्चालन गरिएको थियो ।
नेपाल शिक्षक संघ खोटाङका तत्कालीन अध्यक्ष रहेका राईलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने हुम्मापोखरीमा लगेर हत्या गरेको आफन्तको भनाई छ ।
किरात वर्कर्स पार्टीबाट नेकपा माओबादीमा प्रबेश गरेका कार्यकर्ताले राईको हत्या गरेका थिए । कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि उत्खनन गरी चिसापानीको विपी चोकमा लगेर जलाइएको घटना रहस्यमय रहेको प्रतिष्ठानका सचिव बिष्टले बताए । द्वन्द्व कालमा मारिएका शिक्षक राईलाई नेपाल सरकारले सहिद घोषणा गरिसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



