बुईपामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता सुरु
माघ ६ सोमवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा सोमबारदेखि अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता सुरु भएको हो ।
विभिन्न पालिकामा रहेका खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खेलमैदानमा आयोजित प्रतियोगीता प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।
आगामी माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ गाउँपालिकाका ८ टिमको सहभागीता रहेको छ । समय अभावका कारण सोमबार कुनै पनि खेल हुन नसकेको आयोजक समितिका बिरेन्द्र मगरले बताए ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले १ लाख ११ हजार ११ रुपैयाँ, दोश्रो हुने टिमले ७७ हजार ७७७, तेश्रो हुने टिमले ५५ हजार ५५५ रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने टिमले ३३ हजार ३३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।
भलिबलको व्यवसायिक विकासमा टेवा पु¥याउनका लागि अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता आयोजना गरिएको जनाइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



