अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीताको प्रथम उपाधि ऐसेलुखर्क गाउँपालिकाले चुम्यो
माघ ११ शनिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा आयोजित अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीताको प्रथम उपाधि ऐसेलुखर्क गाउँपालिकाले चुमेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा शनिबार बुईपास्थित खेलमैदानमा सम्पन्न फाईनल खेलमा बराहपोखरी गाउँपालिकालाई पछि पार्दै ऐसेलुखर्कले प्रथम उपाधि जितेको हो ।
ऐसेलुखर्कले १२–२५, ११–२५ र ११–२५ को सोझो सेटमा बराहपोखरीलाई हराएको हो । गत माघ ६ गते उद्घाटन गरिएको प्रतियागीतामा बराहपोखरी दोश्रो, रावाबेँसी गाउँपालिका ‘ए’ तेश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका शान्त्वना भएका छन् ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई १ लाख ११ हजार ११ रुपैयाँ, दोश्रो हुने टिमलाई ७७ हजार ७७७, तेश्रो हुने टिमलाई ५५ हजार ५५५ रुपैयाँ र शान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ३३ हजार ३३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
यस्तै, प्रतियोगीताको उत्कृष्ट खेलाडीको उपाधि ऐसेलुखर्क गाउँपालिकाका रोशन विक, विद्यागत उत्कृष्ट खेलाडीको उपाधि ऐसेलुखर्क गाउँपालिकाका निरकाजी तामाङ र अनुशासित खेलाडी बराहपोखरी गाउँपालिकाका किरण राई घोषित भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।
प्रतियोगीताका विजेता खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाका उपप्रमुख बिणादेबी राई, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमा मगर, मदन भण्डारी स्पोर्टस एकेडेमीका प्रदेश कमिटि सचिव टिका घिमिरे लगायतले पुरस्कार प्रदान गरेका थिए ।
विभिन्न पालिकामा रहेका खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीतामा जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ गाउँपालिकाका ८ टिमको सहभागीता रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



