सुनकोशीकोे पानी तान्न लिफ्टिङ कार्य सुरु
माघ १३ सोमवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोशीको पानी तान्नका लागि लिफ्टिङ गर्ने काम सुरु गरेकोे छ । गाउँपालिकाको बतासेस्थित भण्डारेघाटका स्थानीयहरुले दैनिक उपभोग गर्न र सिंचाई गर्नका लागि नजिकैको सुनकोशीको पानी लिफ्टिङ कार्य सुरु गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ बाट विनियोजन गरेको ३० लाख बजेटबाट सोमबारदेखि कोशीको पानी तान्न विभिन्न पूर्वाधारहरुको काम सुरु भएको आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । खानेपानी तथा सिंचाई गर्नलाई प्रशस्त पानीको अभावमा वसेका र दैनिक जीवन गुजाराका निम्ति कतिपय अवस्थामा कोशीको पानी समेत उपभोग गरिरहेका ६० घरधुरी बढीलाई पुग्नेगरी लिफ्टिङको काम सुरु गरिएको छ ।
उपभोक्ता समिति निर्माण गरेर सुरु भएको लिफ्टिङको काम यहि आर्थिक वर्षमा समापन हुनेछ । सुनकोशीको पानी लिफ्टिङ गरेर भण्डारेघाटको सिरानमा ४० हजार लिटर क्षमताको ट्याङकीमा जम्मा गरेर घरघरमा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
सुनकोशीबाट रिर्जभ ट्याङकीसम्म ८ ईन्चको पाईपबाट पानी आउनेछ । महुरे फोक्सिङटार सडकले छोएको भण्डारेघाटको पानीको समस्या र आगामी दिनमा त्यहाँ बजारीकरण हुने कुरालाई ध्यानमा राखेर खानेपानीको व्यवस्थापन गर्न लागिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष अध्यक्ष भुपेन्द्र राईले बताए ।
अहिले सो भेगका स्थानीयले बतासेकै हमारा भन्ने स्थानको पानी ल्याएर उपभोग गरिरहेको छ । पानीको अभावमा कोसीकै पानी पनि उपभोग गरिरहेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



