खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीलाई
माघ २६ आइतवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुको शान्ति निकेतन मिनाकर्ण मावि सापातेलमा आयोजित खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगीताको प्रथम उपाधि सशस्त्र प्रहरी वल उदयपुरले चुमेको छ ।
विद्यालयको ६४ औं बार्षिक जन्मउत्सवको अवसरमा सापातेलस्थित खेलमैदानमा सम्पन्न फाईनल खेलमा शितला आधारभूत विद्यालय दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँलाई पछि पार्दै सशस्त्र प्रहरीले प्रथम उपाधि जितेको हो ।
शुक्रवार सम्पन्न प्रतियागीतामा शितला आधारभूत विद्यालय डाँडागाउँ दोश्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा तेश्रो भएका छन् ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई १ लाख, दोश्रो हुने टिमलाई ५० हजार र तेश्रो हुने टिमलाई २५ हजारका साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र बस्नेतले जानकारी दिए ।
शान्ति निकेतन मिनाकर्ण मावि सापातेलको आयोजना तथा मिनाकर्ण ट्रष्ट काठमाण्डौको प्रायोजक भएको प्रतियोगीताका विजेता खेलाडीलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई, सशस्त्र प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, वडाध्यक्ष इन्द्रबहादुर बस्नेत लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



