दिक्तेलमा ग्लोबल आइएमई बैंकको शाखा
फागुन २ शुक्रवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलमा ग्लोबल आइएमई बैंकको शाखा उद्घाटन गरिएको छ । गत साउन २२ गतेदेखि नै कारोबार सुरु गरेको बैंकको शाखा शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेबी राई, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले रिवन काटेर संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन् ।
विगत १३ वर्ष अघिदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको ग्लोवल आइएमई बैंकले देशका विभिन्न जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा दिक्तेलमा शाखा विस्तार गरेको हो ।
जनता बैंक नेपालसँग आपसमा गाभिएर गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोवल आइएमई बैंकले हाल २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेको जनाएको छ । चालु आर्थिक वर्ष थप ५९ शाखा विस्तार गरेर देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बैंकको अध्यक्ष ढकालले बताए ।
छरिएर रहेको स–साना पूँजीलाई संकलन गरि साना तथा मध्यम उद्यम व्यवसाय तथा कृषि क्षेत्रको आधुनिकीरणलाई टेवा पु¥याउने उद्धेश्य लिएर स्थापित बैंकले नेपाल राष्ट्रबैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त गरिसकेको जनाएको छ । खोटाङमा हालसम्म ग्राहक संख्या करिब ६ सयको हाराहारीमा पुगेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयका युवराज खत्रीले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



