‘विकास र संमृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा : मुख्यमन्त्री राई

फागुन २ शुक्रवार, २०७६

खोटाङ  । प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले ‘विकास र संमृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा भएको बताएका छन् । शुक्रबार दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मूख्यमन्त्री राईले अव जनताको एकपछि अर्को आकांक्षा पुरा हुँदै जाने बताएका छन् ।

‘हाम्रो अर्को उद्देश्य छैन । अर्को कार्यसूची छैन । अवको हाम्रो एक मात्र कार्यसूची भनेको विकास र संमृद्धिको प्रतिफल पस्किने हो,’ मूख्यामन्त्री राईले भने, ‘एक मात्र विकास र संवृद्धिको एजेण्डामा केन्द्रित भएर देशलाई संमृद्ध देश बनाउनु छ । हामीले बलियो र सुन्दर देश बनाउनु छ ।’

मूख्यमन्त्री राईले विकास र संमृद्धिको मूल एजेण्डाको केन्द्रविन्दुमा उभिएर संमृद्धि र सुशासन पस्किने सरकारको लक्ष्य रहेको बताएका छन् । उनले प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्नेगरी स्तरोन्नतीको तयारी गरिरहेको जानकारी दिए ।

‘अहिले वडा–वडामा सडक पुगेको छ । तर त्यी सडक हिउँदमा मात्र सञ्चालन हुन्छ । १ नम्बर प्रदेशमा एक पालिकाबाट अर्को पालिका, सदरमुकाम वा प्रमुख बजार जोड्ने सडकलाई बा¥हैमास सञ्चालनमा ल्याउने गरी प्राथमिकतामा राखेका छौँ,’ मूख्यमन्त्री राईले भने, ‘प्रत्येक नेपालीको घरमा उज्यालो पु¥याउनु छ ।

स्वच्छ पिउने पानीको पहुँचले जोड्नु छ । सिँचाईको सुविधाले जोड्नु छ, गुणस्तरिय शिक्षा र स्वास्थ्यको पहुँचबाट जोडेर जनतालाई संमृद्धि पस्कनु छ, सुशासन पस्कनु छ ।’

मूख्यमन्त्री राईले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालन भइरहेका बजेटको पारदर्शीताका विषयमा खबरदारी गर्न आग्रह गरे । उनले हिमालै हिमाल, जंगल नै जंगल, ताल तलैयाले भरिएको देश भएकाले नेपाललाई बिश्वमै सुन्दर स्थलका रुपमा बिकास गर्न सकिने सम्भावना रहेको औंल्याए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिशाल भट्टराई, प्रदेश सभा सदस्य राजन राई, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल लगायतले दिक्तेल महोत्सव सफलताको शुभकामना दिएका थिए ।