“शैक्षिक पानीपोखरी”
मानबहादुर खत्री
फागुन १२ सोमवार, २०७६
खोटाङ । चोया चुडिसकेको छ, जुइनाले छोडिसक्यो, बन्धन खुस्किसक्यो, डाडाभाटा मक्किसके । धेरै साल अघि बध्याँले छाएको फुसको छानो खस्न लागेको छ, जहाँबाट नौलाख ताराहरु देखिन थालिसके । बर्षातको झमझम पानी हेर्न घर बाहिर गईरहनु पर्दैन । खाँबाखुट्टा लडिसके, लिउन उप्किन थालिसक्यो, गारो लड्दै छ ।
भ्याल्सी, निदाल, दलिन र सराहरु धुलियाले सखाप बनाउँदैछ । छेउकुनातिर माकुराको जालो शिवाय केही छैन । मझेरीमा खाल्डो बनीसक्यो । बाहामा धमिरा लागि सक्यो । आगन, दलान र पेटीमा झारपातले राजगरी सक्यो । हेर्दाहेर्दै म्युजियममा राख्न सुहाउने टिपिकल नमुना भइसक्यो । हरे भगावन ! कस्तो कन्तो बिजोक ? अवगाल र लाजसरम ।
चारवीस हिउँद खाएका हजुरबाले छोरानातिहरुलाई घरको हविगत देखाउदै तुरुन्त केही गर, कन्तविजोक भैसक्यो, किन तिमेरुको कानमा बतास नपसेको ? आखिर यो घरको सबै जिम्मेवारी मेरो मात्र हो ? जेठो ठाडाकान लाउँदैन, माईलो सुनेको नसुनेझैँ गर्छ, साइलो गफले ठिक मात्र पार्छ, काईलो दुई चार जना आउरेवाउरे भेलाएर गफ चुटनु बाहेक अरु माखो मार्दैन । कान्छो त त्रिपाल किन्न देको रुपैयाँ पनि कम्सल खालको किनेर म बाटै नाफा हसुर्छ ।
राँइलो गतिछाडा र हुतिहारा छ, अन्तरे त टपरटुइयाँ नै छ । तलमाथि वरपरका छरछिमेकीहरुले टालटुल गरेर बस्न हुनेसम्म बनाउ तर कुनै हालतमा पनि बनाउनचाँहि पर्छ है भनेर दिएको ऐचोपैचो, सरसापट र भरथेग कुप्लुक्कै पार्न बानी प¥र्याे। सबै कुलङ्धारहरु गरे झैँ मात्र गर्छन, सबैले भरपर्दाे, इमानी र दिगोपाराले पापड पेले पो दाल गल्छ ।
नातिनातिनाहरु अल्छे, कपटि, धुर्त, चण्डाल अनि खेल्ने, मोविल घोच्ने भन्दा अरु जानेनन् । हरे भगवान कसैको आशाभरोसा, टेकोपिडो भएन, यो हजुर बा को गनगन कहिल्यै सकिन्दैन, पिना सुक्दै गर्छ काग कराउदै गर्छ । शिक्षा प्राणाली ती हजुर बा र सरोकारवाला छोरानातिहरु प्रतिनिधि पात्र हुन् ।
कसैसँग मेल खाएमा प्रणाली सुधार्ने अपेक्षासहित कुरोको चुरो श्रीगणेश गरिन्छ । नेपालको इतिहासको कुरा खोतल्दा मल्लकालमा राजा प्रताप मल्ल कालमा आफ्नो प्यारो छोरा पार्थिवेन्द्र मल्लको असामयिक र असोचनिय मृत्युमा पुत्र शोकले कमजोर र भावविह्ल भएकी प्यारी रानी नाम जोडेर रानीपोखरी बनाउने र उक्त पोखरीको उद्घाट्नमा सम्पूर्ण रैतीहरुले गाईको शुद्ध दुध ल्याउने र त्यसलाई दुधपोखरी बनाउने उर्दी जारी गरेका थिए रे ।
छोटो, छिटो र कुबुद्धि चल्ने एउटाले सोचे छ । अरु सबले दुध ल्याउछन् म चाँहि पानि लगेर स्वाट्ट मिसाइदिन्छु कसले थाहा पाउने ? आखिरी नेपाली न परे, हरेक कुरामा बाझेपनि केहि कुराहरुमा त स्वतः सल्लाह मिल्छ, सोचाई र निर्णय गराइ मिल्छ । भन्दाभन्दै सबैले यही कुरा सोचेर पानी मात्र लगेछन् । अन्त्यमा त दुधपोखरीको नाममा पानीपोखरी पो निर्माण भएछ ।
वास्तवमा अहिले सम्पुर्ण सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर ओरालो लागिरहेको छ । यसमा सर्वव्यापी रुपमा आलोचना, समालोचन, टिकाटिपणी, बहस, छलफल र भत्र्सनाले वर्तमान शैक्षिक बजारको माहौल अती गर्माएको छ । अहिलेसम्म खुलस्त रुपमा गुणस्तरको मापक र मानकको व्यवस्था र निर्माण भईरहेको सायद छैन ।
सिकाई उपलव्धिको मापक एसईईमा प्राप्त गरेको राम्रो जि.पि.ए मात्र हो कि ? व्यवहारिक र जिवन उपयोगी सीप सिक्नु हो कि ? सबै क्षेत्र कुनाकन्धरामा रहेका सामुदायिक विद्यालयमा व्यवहारिक र सीपयुक्त शिक्षाको पहुँच छ कि छैन ? त्यहि बासीरहेका ज्ञानगुनका कुरा सिकाएर, मारकाटको त्राशदीपुर्ण इतिहासका ठेलिहरु घोकाएर,कथा र नाटकको रोमान्समा बिद्यार्थि भुल्याएर, कसैको जिबनी रटाएर अनि भुतकालिन तिथीमिति घोकाएर परीक्षामा जि.पि.ए राम्रो ल्याउने अनि विश्व शैक्षिक बजारमा विकाउ नहुने बेरोजगार जनशक्ति उत्पादन गर्नुमात्र गुणस्तर हो त ?
कक्षा ८ फेल गरेर पनि सीप सिकेर, तालिम लिएर स्वाबलम्बी बन्नु गुणस्तर शिक्षा हो कि नाई ? वर्तमान शैक्षिक नीति पाठ्यक्रम, विषयवस्तु आँफैमा सीप सिकाउने, व्यवहारिक, स्वावलम्बी बन्ने अनि विश्व बजारमा तुरुन्त विक्ने जनशक्ति उत्पादन गर्ने किसिमको छ कि छैन ? यो किसिमको उत्पादनले विश्व वजारमा स्वस्थ्य प्रतिस्पर्धा गर्ला त ? यो त केबल साक्षरता बनाउने प्र्र्र्रकृतिको मात्र छ ।
आँफैमा अन्योलता भएको पाठ्यबस्तुमा गुणस्तरताको कसी लगाउने बहानामा शिक्षकलाई सत्तरोसराप गर्नु हलो अड्काएर गोरु पिट्नु जस्तो मात्र हो । के शिक्षकहरु मात्र यसका भागेदारहरु हुन ? अन्य सरोकार पक्ष आफ्नो आफ्नो तह तरका र क्षेत्रबाट सही हुन् होला त ? पास र फेलका लागि तोकिएको निश्चित र न्युनतम अंक कटाउनु मात्र गुणस्तर कदापि होइन ।
आज जि.पि.ए ४ ल्याउनेहरु खाडी राष्ट्रमा दुई पिस खब्बुसमा ५५ डिग्रीको तापक्रममा पसिना चुहाउदै ताबुक चलाएर मुदिरलाई सलामावालेकुम भन्दै पराधिन भएका उदारणहरु सर्वत्र छन् । खोइ त राम्रो जि.पि.ए को सुन्दर र सुरक्षित भविष्य ? सबै सामुदायिक विद्यालयहरुमा व्यवहारिक सीप सिकाउने, प्राविधिक र जीवनोपयोगी समय सापेक्ष शिक्षा सर्वसुलभ र सबैको पहुँचमा पु¥याएर मात्र गुणस्तरीयताको नारा अलाप्नु सान्र्दर्भिक होला । हो, आज शिक्षाकोस्तर कम्जोर भइरहेको छ ।
विविध कारणहरु प्रत्यक्ष वा परोक्ष रुपमा यसका कारक तत्व बनेका छन् । जस्तो उमेरगत र व्यवहारिक रुपमा अपरिपक्क विद्यार्थी, राजनैतिक हस्तक्षेप, अस्थिर सरकार, तीव्र परिवर्तित शिक्षा नीति, समयमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, सन्दर्भ सामाग्री सर्वसुलभ नहुनु, अभिभावक, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति,शिक्षक लगायत सम्पूर्ण सरोकार पक्ष निश्क्रिय बन्नु, भौतिक पूर्वाधारको अभाव, विभिन्न थरिका शिक्षकहरुको उपस्थितिमा, दिवा खाजाको अभाव, जङफुडको बढ्दो प्रयोग प्रविधिको दुरुपयोग, आवाश्यक शिक्षक दरबन्दी नहुनु, सबै विद्यालयमा घेरावारा, चर्पी, खानेपानी बालउद्यान,पुस्तकालय,विद्युतीकरण र सञ्चारको पहुँच कम हुनु ।
शैक्षिक नीति नियम र ऐन कानुनमा संघ, प्रदेश र स्थानीय तह वीच तालमेल नमिल्नु, निःशुल्क शिक्षाले आम सरोकारवालाहरुबीच शिक्षाप्रति अपनत्वको अनुभूति नरहनु, अस्थायी, करार शिक्षक छनोटमा राम्रो भन्दा हाम्रो छान्यो भन्ने दोषारोपणले गर्दा विश्वास जित्न नसक्नु, उमेर हद बढी भएको कारण पद ओगटी रहँदा उम्दा, मेघावी, सिर्जनशील, ताजा र दक्ष शैक्षिक जनशक्ति भित्र्नि नस्कनु,कर्मकाण्डी शैक्षिक कार्यक्रम तालिम, सेमिनार र गोष्ठीहरु हुनु, शिक्षकमा सामाजिक, आर्थिक र नैतिक रुपमा उपेक्षित मनस्थिति रहनु, उद्दार कक्षान्नतिको गलत बुझाई, ग्रेडिङ प्रणालीको नकारात्मक सन्देश र चुस्तदुरुस्त,निरिक्षण अनुगमन र रचनात्मक सल्लाह सुझावको अभाव यसरी शिक्षक मात्र नभएर सबै सरोकारवालाहरु पद्धति र हचुवा व्यवस्थापनको कारण सबै तह र तप्काबाट लत्ता छाडेर आज शैक्षिकस्तर पानीपोखरी झैं भएको छ ।
माथि वर्णित सबै कारकतत्वहरुलाई पहिचान गरी, सम्पूर्ण जिम्मेवारी निकाय, सस्था, व्यक्ति र सरोकारवालाहरुले आफ्नो आफ्नो स्थान, ओहदा, क्षेत्र, भूमिका र कर्तव्यलाई अक्षरस पालना गर्ने गराउने, वातावरणको सृजना र सीपको प्रयोग गरेमा शैक्षिकस्तर बृद्धिमा दुईमत सायद हुदैन् । दोषारोपण गर्ने,पानी माथिको ओभानो बन्ने, दुधको साछी विरालो बन्ने, पशु र पंक्षीको युद्धमा चमेरे भूमिका खेल्ने, कुराले ठीक कामले दिक्क बनाउने, महिलाको कार्यक्रममा सम्वोधन गर्न जाँदा पुरुषले म पनि उबेला महिला नै थिए भन्ने जस्ता कवोलकल्पित र परिस्थिति सहजिकरण गर्ने सीप र हदम अहंकारलाई त्यागेर तन, मन, कर्म र वचनले लागि पर्नु नितान्त आवश्यक छ । (लेखक खत्री सरस्वती मा.वि मात्तिम, खोटाङका शिक्षक हुन् ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



