बाक्सिला गोल्ड कप फागुन २२ गतेदेखि हुने
फागुन १७ शनिवार, २०७६
खोटाङ । खोटाङमा सर्वाधिक राशीको बाक्सिला गोल्ड कपको एघारौं संस्करण आगामी फागुन २२ गतेदेखि हुने भएको छ । फुटबलको व्यवसायिक बिकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदैआएको बाक्सिला गोल्डकपको एघारौं संस्करण फागुन २२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको हो । बाक्सिला फुटबल क्लवले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ को खेल तालिका सार्वजनिक गरेको छ ।
केपीलासगढी गाउँपालिका–४ बाक्सिला खेलमैदानमा सञ्चालन हुने गोल्डकपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।
यस्तै, प्रतियोगीताका बेष्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने क्लवले जानकारी दिएको छ । प्रतियोगीतामा खारम्बु स्पोर्टस क्लव, बाक्सिला फुटबल क्लव, सोल्मा स्पोर्टस क्लव, नेर्पा स्पोर्टस क्लव, हलेसी तुवाचुङ स्पोर्टस क्लव, जन्तेढुंगा स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस क्लव र हलेसी खेलकुद विकास समितिबीचमा प्रतिष्पर्धा हुने अध्यक्ष राईले बताए ।
१० औं संस्करणकाक्रममा निर्णायकमाथि हातपात गरेकामा बुईपा खेलकुद समुह ११ र सो क्लवबाट खेल्ने खेलाडीलाई ११ औं संस्करणमा सहभागी हुन प्रतिबन्ध गरिएको जनाइएको छ । गोल्ड कपका लागि केपीलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गर्ने भएपछि क्लवले प्रतियोगीताको नाम ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ राख्ने निर्णय गरेको जानकारी दिएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



