पुरुष भलिबलमा बाकाचोलको जित

फागुन १७ शनिवार, २०७६
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जारी बहानेपोखरी महोत्सवको अवशरमा आयोजित पुरुष भलिबल प्रतियोगीताको उपाधि ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलले उचालेको छ ।

शनिबार साँझ सम्पन्न प्रतियोगीतामा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे दोश्रो, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल ‘ए’ तेश्रो र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल ‘सि’ सान्त्वना भएका छन् ।

प्रथम हुने टिमलाई ९९ हजार ९९९, दोश्रो हुने टिमलाई ६६ हजार ६६६, तेश्रो हुने टिमलाई ४४ हजार ४४४ र सान्त्वना हुने टिमलाई २२ हजार २२२ प्रदान गरिएको आयोजक ऐसेलुखर्क गाउँपालिकाले जनाएको छ । प्रतियोगीतामा १२ टिमको प्रतिष्पर्धा भएको थियो ।

यस्तै, महिला भलिबल प्रतियोगीतामा ओखलढुंगा प्रथम, केपीलासगढी गाउँपालिका दोश्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (बुईपा) तेश्रो र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलस्थित युनाइट युथ क्लव शान्त्वना भएका छन् ।

महिला भलिबलका प्रथमले ५५ हजार ५५५, दोश्रोले ३३ हजार ३३३, तेश्रोले २२ हजार २२२ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ हात पारेका छन् । महिला भलिबलमा १० टिमको प्रतिष्पर्धा भएको थियो ।
महोत्सवको अवशरमा मिनि म्याराथन, डबल व्याडमिन्टन र चेस प्रतियोगीता समेत आयोजना गरिएको छ ।