बाक्सिला गोल्डकपको तयारी पूरा
फागुन २१ बुधवार, २०७६
खोटाङ । खोटाङमा सञ्चालन हुँदैआएको सर्वाधिक राशीको बाक्सिला गोल्डकपको ११ औं संस्करणको तयारी पूरा भएको छ । मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १५ वर्ष अघि सुरु गरिएको ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो । फागुन २६ गतेसम्म पृथ्वी मावि बाक्सिलाको खेल मैदानमा सञ्चालन हुने गोल्कप बिहिबार बिहान ११ बजे प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।
फूटबलको व्यवसायिक विकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदैआएको बाक्सिला गोल्डकपको ११ औं संस्करणका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने आयोजक बाक्सिला फुटबल क्लवले जनाएको छ । जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि ‘बाक्सिला गोल्डकप’ लाई निरन्तरता दिइएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।
प्रतियोगीताका बेष्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
प्रतियोगीतामा खारम्बु स्पोर्टस क्लव, बाक्सिला फुटबल क्लव, सोल्मा स्पोर्टस क्लव, नेर्पा स्पोर्टस क्लव, हलेसी तुवाचुङ स्पोर्टस क्लव, जन्तेढुंगा स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस क्लव र हलेसी खेलकुद विकास समितिबीचमा प्रतिष्पर्धा हुने भएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुशार गत वर्षको विजेता र उपविजेताबीचमा पहिलो खेल हुने छ ।
गत वर्ष भएको १० औं संस्करणमा खारम्बु स्पोर्टस क्लव विजेता बनेको थियो । यस्तै, १० औं संस्करणकाक्रममा निर्णायकमाथि हातपात गरेकामा बुईपा खेलकुद समुह ११ र सो क्लवबाट खेल्ने खेलाडीलाई ११ औं संस्करणमा सहभागी हुन प्रतिबन्ध गरिएको जनाइएको छ । गोल्डकपका लागि केपीलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गर्ने भएपछि क्लवले प्रतियोगीताको नाम ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ राख्ने निर्णय गरेको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



