बाक्सिला रनिङ गोल्ड कपमा आयोजकलाई उपाधि
फागुन २५ आइतवार, २०७६
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकामा आयोजित ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’मा आयोजक च्याम्पीयन बनेको छ । आईतबार सम्पन्न फाईनल खेलमा सोल्मा स्पोर्टस् क्लवलाई पछि पार्दै आयोजक बाक्सिला फूटबल क्लव विजेता बनेको हो ।
मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि विगत १५ वर्ष अघि सुरु गरिएको बाक्सिला रनिङ गोल्डकपको फाइनल खेलमा ० का विरुद्ध २ गोल गर्दै आयोजक टिम च्याम्पीयन बनेको हो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा जर्सी नम्बर ११ का सुसन तामाङले गोल गर्दै बाक्सिला फुटबल क्लवका लागि खाता खोलेका थिए ।
यस्तै, मध्यन्तरपछि जर्सी नम्बर ८ का सौरभ कार्कीले एक गोल थपेर बाक्सिलालाई अग्रता दिलाएका थिए । पराजित भएसँगै सोल्मा स्पोर्टस् क्लव उपविजेता बनेको छ । यस्तै, गत वर्षको विजेता खारम्बु स्पोर्टस क्लव र हलेसी तुवाचुङ फूटबल क्लव सेमीफाइनलिष्ट बनेको आयोजक बाक्सिला फूटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।
गोल्डकपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगीताका बेष्ट प्लेयर आयोजक बाक्सिला फूटबल क्लवका विकी राई र सर्वाधिक गोलकर्ता बाक्सिला फूटबल क्लवकै सुसन तामाङलाई जनही ११ हजार १११ प्रदान गरिएको छ ।
यस्तै, बेष्ट गोलकिपरको उपाधि विजेता बाक्सिला फूटबल क्लवका रेम्बो चौधरी, बेष्ट डिफेण्डर बनेका बाक्सिलाकै बिक्रम लिम्बू, बेष्ट मिडफिल्डर सोल्मा स्पोर्टस् क्लवका दिपक भूषाल र बेष्ट कोचको उपाधि विजेता बाक्सिलाकै लक्ष्मण थापालाई जनही जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिएको छ । विजेता खेलाडीलाई नेकपा नेता एबं प्रदेशसभा सांसद राजन राई, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण राईले पुरस्कार प्रदान गरेका छन् ।
फुटबलको व्यवसायीक विकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फूटबल क्लवको आयोजनामा २०६१ सालदेखि ‘बाक्सिला गोल्डकप’ सञ्चालन हुँदैआएको छ । जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।
पृथ्बी मावि बाक्सिलाको खेलमैदानमा आयोजना गरिएको गोल्डकप प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गत बिहिबार उद्घाटन गरेका थिए । प्रतियोगीतामा जिल्ला फुटबल संघ खोटाङमा आवद्ध ८ टिमको सहभागीता रहेको थियो ।
गोल्डकपका लागि केपीलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गरेपछि क्लवले प्रतियोगीताको नाम ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ राख्ने निर्णय गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



