मुआथाईमा नेपालका राजु र बरुण थाइल्याण्डसँग भिड्दै
फागुन ३० शुक्रवार, २०७६
खोटाङ । अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवमा प्रतिष्पर्धाका लागि नेपालका दुई मुआथाई खेलाडी थाईल्याण्ड पुगेका छन् । मार्च ८ देखि मार्च १७ सम्म सञ्चालन हुने पाँचौ अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवका लागि नेपालको प्रतिनिधित्व गर्दै काठ्माण्डौं बुढानिलकण्ठ–५ निवासी राजु राई र खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका बरुण घले गुरुङ थाइल्याण्ड पुगेका हुन् ।
मुआथाई च्याम्पीयनसिपका लागि गत मार्च ६ तारिख (फागुन २३ गते) थाइल्याण्ड पुगेका खेलाडी राई र गुरुङले शुक्रबार मार्च ७ देखि मार्च १३ तारिखसम्मको ६ दिने प्रशिक्षण पुरा गरेका छन् । शनिबार मुआथाई वल्ड च्याम्पीयनसिपका लागि थाईल्याण्डकै खेलाडीसँग प्रतिष्पर्धा हुने गुरुङले जानकारी दिए ।
राईले ५७ केजी र गुरुङले ५४ केजी तौल समुहमा प्रतिष्पर्धा गर्दैछन् । नेपाल थाई बक्सिङ एसोसिएसनलाई आएको निमन्त्रणका आधारमा दुई खेलाडी प्रतिष्पर्धामा थाइल्याण्ड पुगेका हुन् ।
विगत एक दशकदेखि मुआथाईमा सक्रिया राई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका खेलाडी हुन् । उनी थाइल्याण्डमै भएको अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवको तेश्रो र चौथो संस्करणमा पनि सहभागी बनेका थिए । यस्तै, सन् २०१५ देखि मुआथाई खेल्न थालेका गुरुङ पनि नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका खेलाडी हुन् ।
उनले केही समयअघि भारतको कलकत्तामा आयोजित अन्तराष्ट्रिय प्रो एमेच्युर किक बक्सिङ च्याम्पीयनसिपमा स्वर्ण हात पारेका थिए । यस्तै, नेपालको राष्ट्रिय मुआ थाइ बक्सिङ संघको आयोजनामा भएको प्रथम ३ नम्बर प्रदेश स्तरिय मुआ थाइ च्याम्पीयनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।
थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ । खेल महोत्सवमा बिभिन्न खेलको उपाधिका लागि ४८ देशका खेलाडिको सहभागीता रहेको बताइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



