आफै रक्सी पिलाएर युवतीले गरिन केटासँग यौनसम्पर्क, भिडियो खिचेर ३ लाख रुपैयाँ बार्गेनिङ
चैत्र ३ सोमवार, २०७६
काठमाडौं । गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ । बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ । घटना नारी दिवसकै दिन फागुन २५ गते रातिको हो । रामेछाप दिमी पोखरी घर भई हाल काठमाडौं महानगरपालिका १२ मा डेरामा बस्ने एलिक्स भन्ने श्याम रायमाझी, राज भन्ने सुरज रायमाझी र बौद्धमा बस्ने एक युवतीको मिलेमतोमा अर्का युवकलाई बार्गेनिङ गर्ने योजनाअनुसार से’क्स भिडियो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वृत्तका प्रमुख डीएसपी कौशल बुढाथोकीका अनुसार सुरुमा चारै जनाले र’क्सी खाएका थिए । न’शा चढ्दै गएपछि ती युवकले नै युवतीलाई यौन प्रस्तावको प्रस्ताव गरेका थिए । यौन सम्पर्क नगर्ने बताएकी युवतीलाई एलिक्सले नै गेस्ट हाउसमा खाएको बिल तिर्न गाह्रो हुन्छ भन्दै राजी हुन मनाएको बयान युवतीले प्रहरीमा दिएकी छन् । योजनाअनुसार ती युवती आफैंले ३ लाख दिएर भिडियो हटाउने बार्गेनिङ गरेकी थिइन् ।
तर २ लाख ५० हजारमा कुरा मिलेको थियो । युवकले रकम १५ दिनमा तिर्ने सर्त राखेपछि होटलमा तिर्नुपर्ने १५ हजार मात्रै तिरेर उनीहरू बाहिरिएको प्रहरीले बताएको छ । वृत्तका डीएसपी बुढाथोकीले युवकको जाहेरीअनुसार हाल ती युवती, एलिक्स र राजलाई पक्राउ गरिएको जानकारी दिए । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



