गाउँपालिकाको पहलमा दलितसँग सहकारी कार्यक्रम
चैत्र ३ सोमवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा दलित मात्र सहभागी वचत तथा ऋण सहकारी स्थापना गरिएको छ । पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि अघि बढाइएको ‘एक वडा एक दलित सहकारी’ अभियान अन्तरगत छोरम्बुमा दलित वचत तथा ऋण सहकारी स्थापना गरिएको हो । गाउँपालिकाले ५० हजार बीउ पूँजी उपलव्ध गराएपछि स्थापना गरिएको सहकारी सोमबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् ।
सहकारी सञ्चालन सम्वन्धी अभिमुखीकरण, सञ्चालक समिति गठन, नाम जुराउने, विद्यान तयार गर्ने, सहकारी दर्ता, शेयर संकलन लगायतका काममा गाउँपालिकाले नै सहयोग गरेपछि दलित समुदायले सहकारी स्थापनामा जुटेका हुन् ।
७ वडा रहेको गाउँपालिकाका अन्य वडामा पनि क्रमशः दलित सहकारी स्थापनाको काम भइरहेको गाउँपालिकाले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा पनि दलित सहकारी स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष राईले बताए ।

गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा बीउ पुँजी स्वरुप ५ लाख रकम विनियोजन गरेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



