राष्ट्रिय खेलकुदको छनौट खेल कार्तिकमा
खोटाङ । खोटाङमा आठौं राष्ट्रिय खेलकुदको छनौट प्रतियोगीताको मिति तय गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौटका लागि आगामी कार्तिक ११ गतेदेखि १३ गतेसम्म जिल्ला छनौट प्रतियोगीता सञ्चालनको मिति तयारी गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङले जनाएको छ ।
आगामी मंसिर २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि जिल्लाबाट एथ्लेटिक्स, भलिवल, तेक्वान्दो, कराते, फुटबल, ब्याटमिन्टन, बुद्धिचाल, बक्सिङ, टेबलटेनिस, उसु लगायतका खेलमा ६० पुरुष र ५३ महिला खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माईतीराज राईले बताए ।
जिल्ला छनौटमा परेका ११३ खेलाडीले प्रदेश स्तरिय प्रतियोगीतामा प्रतिष्पर्धा गर्दै राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन पाउने होटल इन्द्रेणीमा आईतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । सितोरियो कराते, फुटबल, व्याटमिन्टन, बुद्धिचाल, बक्सिङ र उसुको छनौट खेल दिक्तेलमा, एथ्लेटिक्स, भलिबल र तेक्वान्दोको छनौट खेल बाक्सिलामा तथा टेबल टेनिसको छनौट प्रतियोगीता नुनथलामा सञ्चालन गरिने खेलकुद विकास समितिका अध्यक्ष राईले जानकारी दिए । कबड्डी प्रतियोगीताको कोटा समेत माग गरिएको खेलकुद विकास समितिले जनाएको छ ।
छनौट खेलमार्फत फुटवलतर्फ महिला पुरुष १६/१६ जना, सितोरियो करातेमा पुरुष ११ र महिना १० जना, भलिबलमा महिला पुरुष १०/१० जना, तेक्वान्दोका महिला पुरुष ८/८ जना, एथ्लेटिक्समा महिला पुरुष ४/४ जना, बक्सिङमा पुरुष ४ जना, व्याटमिन्टनमा ३ पुरुष र २ महिला, टेबल टेनिसमा महिला पुरुष २/२ जना, उसुमा महिला पुरुष २/२ जना छनौट गरिने जानकारी दिइएको छ । कबड्डी स्वीकृत भए महिला पुरुष १०/१० जना खेलाडी थप हुने खेलकुद विकास समितिका अध्यक्ष राईले बताए ।
पत्रकार सम्मेलनमा सितोरियो कराते संघ खोटाङका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री विचारी तामाङ, सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राई र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : असोज ७ आइतवार, २०७५ समय ७ : ४२ बजे, बेलुका
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



