कार्यालय समयमा मादक पदार्थ सेवन गरे कार्वाही गरिने

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ वडा कार्यालय खार्मीले विहान र कार्यालय समयमा मादक पदार्थ सेवन गर्ने कर्मचारी तथा शिक्षकलाई कारवाही गर्ने तयारी गरेको छ । कतिपय कर्मचारी विहान र कार्यालय समयमा समेत मादक पदार्थ सेवन गर्ने गरेको पाईएपछि खार्मीले विहान र कार्यालय समयमा मादक पदार्थ सेवन गर्ने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको हो ।

वडाको आग्रहलाई बेवास्ता गर्ने जो सुकै कर्मचारीलाई आवश्यक कारबाही गरिने वडाध्यक्ष रामचन्द्र राईले बताए । उनले भने मादक पदार्थ रोक्नका लागि वडाले निर्णय गरी सार्वजनिक सूचना समेत पनि टाँस गरेका छौ ।

कर्मचारीले कार्यालय समय अगाडि र कार्यालय समयमा मादक पदार्थ सेवन गर्दा कार्यालयको कामकाज प्रभावित हुने भएकाले मादक पदार्थ सेवनमा कडाई गरिएको वडा कार्यालयले जनाएको छ । मादक पदार्थको प्रयोग नियन्त्रण गर्न विहान र कार्यालय समयमा मादक पदार्थ वेचविखन नगर्न स्थानीय व्यवसायीलाई आग्रह समेत गरिएको वडा सचिव चित्रकुमार सुवेदीे बताए ।

 

प्रकाशित मिति : असोज ९ मंगलवार २०७५, अपरान्ह ४ : ४४