धार्मिक भ्रमणबाट फर्किए बृद्धबृद्धा
खोटाङ । खोटाङका बृद्धबृद्धाले ११ दिने धार्मिक भ्रमण पूरा गरेका छन् । देशका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन, भ्रमण एबं दर्शनका लागि गत भदौ २९ गतेदेखि धार्मिक भ्रमणमा निस्किएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९५ बृद्धबृद्धाको टोली भ्रमण पूरा गरेर सोमवार साँझ जिल्ला फर्किएका हुन् ।
धनुषाको जानकी मन्दिरबाट धार्मिक भ्रमण सुरु गरेका ज्येष्ठ नागरिकको टोली तनहुँको देवघाट, लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव मन्दिर लगायतको दर्शन एबं भ्रमण गरेर जिल्ला फर्किएका छन् । बृद्धबृद्धाको चाहना अनुसार ज्येष्ठ नागरिक संघ खोटाङको नेतृत्वमा ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा निस्किएका थिए ।
बृद्धबृद्धाले पोखराको डेबिड फल्स (पाताले छाँगा), फेवाताल, तालवारही मन्दिर, चितवनको केवलकार, गोर्खाको मनकामना मन्दिर, काठमाण्डौंको पशुपतिनाथ र नारायणहिटी दशरबार पनि अवलोकन गरेको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । विभिन्न धार्मिक तथा पर्यटकीयस्थको भ्रमण एबं दर्शनपछि काठ्माण्डौंमा आएर धार्मिक भ्रमण टुंग्याइएको हो । तिर्थाटनको रहर हुँदाहुँदै मुख्य–मुख्य धार्मिकस्थल भ्रमणमा पुग्न नपाएका बृद्धबृद्धा उत्साहित भएका छन् ।
धार्मिक भ्रमण एबं दर्शनमा निस्केका बृद्धबृद्धालाई विभिन्न व्यक्तीले आर्थिक सहयोग गरेको थियो । टोलीमा एक जना स्वास्थ्यकर्मी, एक जना पत्रकार, एक जना युवा उद्यमी लगायत सहभागी थिए ।
प्रकाशित मिति : असोज ९ मंगलवार २०७५, बेलुका ५ : १९
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



