अलमलमा कोरोना
तीर्थराज भट्टराई
१. नेपाली हाम्रा रोजगारी खोज्दै, विदेश गएका,
साउदी र कतार, अष्टे«लिया हुँदै अम्रिका छिरेका ।
आमा र मामा बालबच्चा छोडि, परदेश पुगेका,
खाना र दाना सुख र शान्ति, दिनलाई हिँडेका ।।
२. बाल र बृद्धा जवान समेत, पीडामा रहेका,
यो हाम्रो देशको लकडाउन देखि, तीन छक्क परेका ।
सरकारको आदेश पालना गर्दै, जनता घरमा,
क्वारेनटाइन देखेर पाइन, कोरोना टेन्सनमा ।।
३. शहर बजार गाउँ टोल वस्ती, कोरोना झ¥यो रे,
अदुवा बेसार मरिच खाँदा, उत्तानो प¥यो रे ।
हिमाल पहाड तराई मधेस , अलमल्ल परेछ ,
नेपाली खोज्दै चीनबाट आको, आफैं पो मरेछ ।।
४. कोरोना भाइरस छिरेर विश्व, त्रसित बनायो,
मुर्छित भइयो तीन छक्क परियो, दुःखित बनायो ।
हे ∕ प्रभु अब रोकिदेउ पीडा, सुशान्ति गरि देऊ,
अनुरोध गर्छु कोरोना रोकी, उज्यालो छरी देऊ ।।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



