गजल
सुवाश राई
मेरो नेताले माछा,माछा भ्यागुता पार्दा पो थाहा पाए ।
हाम्रो सिमानाको पिल्लर, वर वर सार्दा पो थाहा पाए ।।
गरिव जनतालाई आशाको, खोलो बगाई आज यहाँ ।
सेवा सुविधाले सम्पन्न पार्छु भनी, लोपार्दा पो थाहा पाए ।
गरिबी र महंगिले आकाश छोयो, खोक्रो आस्वसनले ।
समृद्धिको सपना बाँडी, महंगी थोपर्दा पो थाहा पाए ।।
गाउँ गाउँ मा सिंहदरबार आउछ, भनि मेरो नेताले आज ।
नेताले आफ्नो आफ्नो घरपरिवार, सुधार्दा पो थाहा पाए ।।
गाउको जग्गा बाँजो राखी, शहरतिर बसाई सरेर आज ।
कौसीमा सब्जी फलाई नेताले, स्मार्ट बन्दा पो थाहा पाए ।।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे खोटाङ
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



