यू–१८ एशियन फुटबलमा नेपालले हरायो चीनलाई
भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले मंगलबार चीनलाई पराजित गरेको छ ।
भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।
नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए ।
त्यसैगरी खेलको ७० औं । मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउँदै टीकाले एक गोल थपे ।
नेपालले समूह चरणको अन्तिम खेल बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति : असोज १० बुधवार, २०७५ समय ७ : ५९
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



