काइली विश्वकै धनी, आखिर को हुन् काइली ?
चैत्र ३० आइतवार, २०७६
हलिउड । शनिवार फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको विश्वकै धनाढ्यहरूको सूचीमा धनी युवा स्टार तर्फ पहिलो नम्बरमा छिन् काइली । धनीको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले शनिवार युवा अर्बपति स्टारहरूको नाम सार्वजनिक गरेको हो । यो सूचीमा टेलिभिजन स्टार काइली जेन्नर पहिलो स्थानमा छिन्।
स्मरण रहोस्, काइली गएको वर्ष पनि धनाढ्य युवा अर्बपति स्टारको सूचीमा पहिलो स्थानमा नै थिइन्। आफ्नो कडा परिश्रमले काइली सानो उमेरमा नै लगातार दोस्रो पटक विश्वकै धनाढ्य युवा स्टारको सूचीमा छिन्। काइली गत वर्ष पहिलो पटक अर्बपतिको सूचीमा परेकी थिइन्। गत वर्ष उनको कुल सम्पत्ति ९० करोड डलर थियो। उनी टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन्। हाल उनको कुल सम्पत्ति एक सय करोड डलर छ।
गत वर्ष उनले ६० करोड डलरमा कस्मेटिक्सको ५१ प्रतिशत सेयर ब्युटी कम्पनी कोटीलाई बिक्री गरेकी थिइन्। सन् २०१४ बाट कस्मेटिक व्यापार सुरु गरेकी काइलीले वेवसाइटमार्फत कस्मेटिक सामान बिक्री गर्दै आएकी छन्। काइलीले आफूलाई कस्मेटिक बजारमा विश्वास भए पनि कहाँसम्म पुग्छु भनेर नसोचेको अभिव्यक्ति दिएकी छन्। विश्वभरका दुई हजार ९५ अर्बपतिमध्ये ३० वर्षभन्दा तलको उमेरका युवा १० जना मात्र छन्। एजेन्सी
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



