नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान खोटाङका धार्मिक तथा पर्यटकीय स्थलहरु
बैशाख १ सोमवार, २०७७
खोटाङ । आज नयाँ २०७७ को पहिलो दिन । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै गरिएको लकडाउनका खोटाङका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थल सुनसान बने ।


जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु हलेसी महादेव, कालिका भगवती, बराहपोखरी, रुपाकोट डाँडा, मझुवागढी, तुवाचुङडाँडा, भुलभुले, धिप्लुङ झरना, चखेवाभञ्ज्याङ लगायतका पर्यटकीय क्षेत्रमा लकडाउनको प्रत्यक्ष प्रभाव परेको छ ।
त्रिधार्मिकस्थलको रुपमा रहेको हलेसी मन्दिरमा विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसंगै चैत्र ७ गतेदेखि दर्शनार्थीलाई प्रवेशमा रोक लगाइएको छ ।



हलेसी मन्दिरसंगै नयाँ वर्षका साथै विदाका दिनमा ठूलै भीडाभाड हुने पर्यटकीय स्थलहरु कालिका भगवती, बराहपोखरी, रुपाकोट डाँडा, मझुवागढी, तुवाचुङडाँडा, भुलभुले, धिप्लुङ झरना चखेवाभञ्ज्याङ लगायतका आज भने सुनसान रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन हुँदा हरेक नयाँ वर्षमा नयाँ ठाउँहरुमा घुम्नेहरु पनि यस वर्ष घरैमा बसेर एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



