६ महिनाकी बच्चीमा पनि कोरोनाको संक्रमण

बैशाख  ३ बुधबार, २०७७

एजेन्सी  । कोरोना भाइरसको संक्रमण सारा विश्वमा तीव्र गतिमा फैलिरहेको छ । साना ठूला, युवा वृद्ध कसैलाई पनि कोरोनाले आफ्नो शिकार बनाउन छोडेको छैन ।

यसैबीच बेलायतमा एक ६ महिनाकी बच्चीलाई कोरोनाको संक्रमण भएको छ । पहिले देखि नै हृदयरोगकी बिरामी रहेकी बच्ची एरिन बेट्लाई कोरोनाको संक्रमण भएको पाइएको हो ।

ब्रिटेनको ग्रेट म्यान्चेस्टरकी उनलाई लिभरपुलको एक अस्पतालमा भर्ना गरिएको छ । उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

बच्ची सानै भएकोले उनकी आमा एम्मा बेट्सलाई पनि अस्पतालमै राखिएको छ । उनका पिता बेनी बेट्सलाई भने घर पठाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ ।